म्याग्दीका हेभी इक्युपमेन्ट अर्थात स्काभेटर चालक संगठित भएका छन्। आइतबार सदरमुकाम बेनीमा भएको भेलाबाट श्यामनन्द शर्मा (कृष्ण) को अध्यक्षतामा ११ सदस्यीय म्याग्दी हेभी इक्युपमेन्ट चालक संघ गठन भएको छ ।

समितिको उपाध्यक्ष देबबहादुर खड्का (पुस्कल), सचिव देबेन्द्र चोखाल, सह–सचिव राजकुमार बुढाथोकी, कोषाध्यक्ष विनोद चोखाललाई चयन गरिएको छ । त्यसैगरी समितिको सदस्यहरूमा बालकृष्ण खत्री, बुद्धि खत्री, रमेश चोखाल, सागर बानियाँ, सागर पटेल र अनुप पटेल रहनुभएको छ । म्याग्दीमा बिकाश निर्माणकार्यमा खटिइरहेका डोजर अपरेटरले आफ्नो हक अधिकारको सुनिश्चितता संगै रोजगार दातासंग सुमधुर सम्बन्ध कायम राख्ने उदेश्यले संस्थाको स्थापना गरेको अध्यक्ष शर्माले बताउनुभयो। ‘विकास निर्माणमा हाम्रो योगदानको पनि सम्मान हुने गरी काम गरिरहेका छौ,‘पीडा र समस्या भएपनि यो पेशामा लागेकाहरु संगठित भएर काम गछौं’अध्यक्ष शर्माले भन्नुभयो । हेवी इक्युप्मेन्ट अपरेटरको समस्या समाधान तथा आवश्यकतामा सहयोग गर्ने गरी सदस्यता वितरण सहित विभिन्न कार्यक्रम गरिने अध्यक्ष शर्माको भनाई छ । भेलामा सहभागीले पारिश्रमिक नदिए पछि अपरेटर आफ्नो पारिश्रमिक बारे बोलिदिन अपरेटर संबद्ध संस्थाको आवश्यकता रहेको भन्दै खुसी ब्यक्त गरेको सचिव देबेन्द्र चोखालले बताउनुभयो ।

कन्ट्रकसन मालिक तथा ठेकेदार हरुले बिना लाइसेन्स काम गराउने गरेको अवस्थामा आफ्नो ज्यान र पेशाको सुरक्षाका लागि लाइन्सेन्स प्राप्त र पुराना स्काभेटर चालकले समेत अनुभव आदानप्रदान सहितका क्षमता विकासका कार्यक्रमहरु समेत सञ्चालन गरिने बताइएको थियो ।संघले जिल्ला प्रशासन कार्यालयमा दर्ताको तयारी समेत गरेको छ भने जिल्लाभरी छरिएका स्काभेटर चालकको विवरण संकलन गरी काममा लगाउने र पारिश्रमिक माग्दा दुव्र्यवहार समेत गर्नेलाई कारवाहीका लागि सम्बन्धित निकायसँग सहयोग समेत माग्ने निर्णय समेत गरेको छ । म्याग्दीमा हालसम्म संस्थाको सम्पर्कमा ५० जना आइसकेका छन् ।