म्याग्दीको मालिका गाउँपालिका-६, दरबाङमा आयोजि पाँचौ अन्तर मावि जिल्ला स्तरिय करबिर मेमोरियल भलिबल तथा फुटसल प्रतियोगितामा आयोजक र जनप्रिय मावि दरबाङ विजय भएको छ ।

केबि एकेडेमी बोर्डिङ्ग स्कुलको आयोजना सञ्चालन गरिएको प्रतियोगितामा भलिबल तर्फ आयोजकले जनप्रिय माविलाई १ का बिरुद्ध ३ सेटले पराजित गरेको थियो । पहिलो सेट जनप्रियले हात पारेपनि लगातार तीन सेट केबी एकेडेमीले हात पारेको थियो । निकै प्रस्तिपर्धात्मक खेलमा आयोजकले अन्तिम सेटलाई सदुपयोग गदैं उपाधी जितेको थियो ।

भलिबल तर्फ विजेता र उपविजेताले क्रमश २० हजार, १३ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै फुटसल तर्फ आयोजकलाई २ का बिरुद्ध ४ गोल गदैैं जनप्रिय माविले उपाधी कब्जा गरेको छ। विजेता र उपविजेताले क्रमश २० हजार, १३ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको विद्यालयका प्रबन्ध निर्देशक हिराबहादुर पुनले बताए।

‘विद्यालयस्तरमा लुकेका खेल प्रतिभालाई देखाउन सफल भएका छौ,‘यहाँ खेल्ने खेलाडीहरू अहिले राष्ट्रियस्तरको खेलमा खेल्दैछन्’ पुनले भने । प्रतियोगिताको समापना कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले करबिर मेमोरिय कपले पश्चिम म्याग्दीका खेलाडीलाई खेल देखाउने स्थान दिएको बताए । ‘खेलकुदले पनि चिनिएको छ,‘जिल्लाभरका खेलाडी आएर खेल्नु ठूलो सफलता हो’ अध्यक्ष रोकाले भने ।

प्रतियोगितमा बेनी नगरपालिका सहित जिल्लाका पाँचवटै गाउँपालिकाबाट २४ विद्यालयले सहभागिता जनाएका थिए । फुटशलतर्फ २१ र भलिबलतर्फ १७ टिमको सहभागिता रहेको थियो । २०७२ साल देखि निरन्तर सञ्चालित प्रतियोगिता गतबर्ष कोरोनाको जोखिमले बन्द भएको थियो भने यसबर्ष पनि छोटो तयारीमा सञ्चालन गरिएको छ । भलिबल प्रतियोगितामा अन्तराष्ट्रिय तालिम प्राप्त तेजेन्द्र बानियाँको प्रमुख रेफ्री रहेका थिए ।

पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता सञ्चालक समिति अध्यक्ष शिवलाल फगामीले गरेका थिए भने वडा अध्यक्ष सन्तनाथ सुबेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुबेदी, प्रहरी निरीक्षक सन्तोष पौडेल, शिक्षा अधिकृत अशोक रिजाल लगायतको उपस्थिती रहेको थियो । करबिर मेमोरियल कप विद्यालयस्तरमा हुने जिल्लाकै लोकप्रिय प्रतियोगिता हो ।

विज्ञापन