अहिले जताततै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यासै शिलान्यासका विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । १५ दिनमा दलबलसहित दर्जनौँ सिलान्यासका गरिरहनुभएका प्रधानमन्त्री ओलीले यस बीचमा मात्र तीन दर्जनभन्दा बढी पुल तथा अन्य आयोजनाहरुको शिलान्यास गरेर रेकर्ड नै तोडेजस्तो देखिन्छ ।

सर्सती हेरौँ प्रधानमन्त्री ओलीले फागुन महिनाको बीच अवधिमा विभिन्न मितिमा शिलान्यास गर्नुभएका पुल तथा अन्य योजनाहरु:

 फागुन १६ गते आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं.५ को दमक र कमलमा ४ वटा पुलको उद्घाटन र ३१ वटा पुलको शिलान्यास

 फागुन १ गते बुटवल उपमहानगरपालिका–३ चिँडियाखोलाबाट पाल्पाको तिनाउको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार आयोजनाको शिलान्यास, आउँदो फागनु १ गते त्यसको उद्घाटन गरिने

 फागुन ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चन्द्रागिरी नगरपालिका–१ दहचोक इन्द्रदहस्थित काठमाडौं उपत्यका भ्युटावरको शिलान्यास

 फागुन १० गेत महेन्द्रनगरमा औद्योगिक क्षेत्रको शिलान्यास