रघुगंगाको विकट बस्तीलाई सडकले छोयो, ९० बर्ष पार गरेका बृद्धबृद्धाले रिवन काटेर उद्घाटन (फोटो फिचर)

0

म्याग्दीको रघुगंगा गाउँपालिको दग्नाम,दर्मिजा–चिमखोला हुदै कुईनेमंगले जोड्ने मोटरबाटोको सोमबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विकट बस्तीलाई गाउँपालिकाको केन्द्र मौवाफाँट हुदै सदरमुकाम बेनी जोड्ने सडकखण्डको कुईनेमंगलेकी ९३ बर्षिया उदिमा कमिनी, दर्जिमाका ९६ बर्षिय दलबहादुर गबुर्जा र चिमखोलाकी १० बर्षिया लिस्मा पुनले रिवन काटेर उद्घाटन गर्नुभएको छ ।

जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिंगर भिर छिचोलेर भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमंगलेको करिब ३६ किलोमिटर सडकखण्डको विस्तारसँगै स्थानीयमा खुसीयाली छाएको छ ।

दर्जिमामा आयोजित उद्घाटन समारोहमा बोल्ने बक्ताले दग्नाम र दर्मिजाको बिचमा पर्ने अक्करे अंजिगर भिरमा दुई तर्फबाट ट्याक खुलेसँगै तीन वडाका बासिन्दाको घरआगनमै मोटरबाटो पुगेकाले ठूलो सपना पुरा भएको बताएका थिए । मोटरबाटो उद्घाटन गर्दै ज्येष्ठ नागरिकद्धय कमिनी र गर्बुजाले गाउँमा सडक निर्माण भई गाडीहरु आएका देख्दा आफूलाई निकै खुसी लागेको बताउनुभएको थियो ।

‘खुट्टाले हिड्न समेत नसक्ने चट्टानमा अहिले सडक बनेको छ,‘मर्ने बेलामा गाउँमै आएको सडकको उद्घाटन गर्न पाइयो’ उहाँहरुले भन्नुभयो ।

दर्मिजा, चिमखोला र कुईनेमंगले क्षेत्रका बासिन्दालाई सडक सञ्जालको सहज पहुँच पुर्याउन अजिंगर भिरमा विष्फोटक पदार्थको समेत प्रयोग गरी सडक विस्तार गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । ‘हाम्रो गौरवको आयोजनामा ठूलो सफलता मिलेको छ,‘हामीले स्थानीयबासीलाई दिएको बाचा पुरा गरेका छौ’ अध्यक्ष भण्डारीले भन्नुभयो ।

गाउँको विकासका ढोका अव खुलेकोले जनप्रतिनिधिसँग समन्वय गरी आयमूलक कार्यमा उपयोग गर्न माटो सुहाउँदो कृषि उत्पादनलाई समेत प्रोत्साहन गरिने बताउनुभएको थियो । सडक सञ्जालको अभावले कृषि उत्पादनको बजारीकरणमा समस्या भएको बताउँदै अब कृषकहरु निर्वाहमूखी भन्दा व्यवसायमूखी बनाउने गरी कृषि, पशुपालन सहित उत्पादनमुखी क्षेत्रमा आत्मनिर्भर बनाउने अध्यक्ष भण्डारीले प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिकाको तिन करोड ६२ लाख ६० हजार ७५६ रुपैयाँ, गत आर्थिक बर्ष प्रदेश सरकारको र स्थानीय पूर्वधार साझेदारीको कार्यक्रमबाट ४३ लाख ११ हजार ९३१ रुपैयाँ खर्च भएका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

आब २०७५÷७६ मा ६५ लाख बजेट परेकोमा २१ लाख ५४ हजार ४६४ मात्र खर्च भएको र २०७७÷७८ मा पुर्वधार साझेदारी कार्यक्रममा आएको ५० लाममा २१ लाख ५७ हजार ४६५ रुपैयाँ खर्च भएको र बाँकी कोेरोना कोषमा जम्मा गरिएको सुवेदीले कार्यक्रममा पेश गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ। उनका अनुसार यो बजेट स्थानीय सरकार मार्फत कार्यन्वयन भएको बजेट समावेश गरिएको छ ।

कोरोना कोषमा जम्मा गरिएको रकम मध्य १३ लाख ९५ हजार रुपैयाँ बेनी अस्पताललाई सहयोग गरिएको हो । प्रशासकीय अधिकृत सुवेदीका अनुसार तुँदी पावर कम्पनी प्रालि र संयुक्त उर्जा प्रालिको करिब ११ करोड लागतमा उक्त ट्रयाक खोलिएको हो ।

जलविद्युतले स् गाउँपालिकाको समन्वयनमा आएका कार्यक्रमको मात्र हो । स्थानीय सरकार आउनु भन्दा पहिले पनि यस सडकमा धेरै बजेट खर्च भैसकेको छ ।गलेश्वर–मौवाफाँट–दग्नाम हुदै कुईने सम्म पुग्ने ३६ किलोमिटर सडकको निमार्ण भएपछि हामी निकै शुखी भएका छौँ वडा न ४ दग्नामा वडा अध्यक्ष एकबहादुर गर्बुजाले भन्नुभयो ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजाले जनतालाई राहत मिलेको बताउदै बाह्रमहिना सञ्चालन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जलविद्युत आयोजना तुँदी पावर कम्पनीका प्रबन्धक उपेन्द्र गौतम र सयुक्त उर्जा प्रालिका प्रतिनिधि सुवासचन्द्र बराल गाउँपालिकको समन्वयमा आफुहरुले हातेमालो गरेको बताउनुभयो ।

उद्घाटन समारोहमा वडा नं १ का अध्यक्ष बिलबहादुर फगामी, वडा नं ३ का अध्यक्ष जिवनकुमार मल्ल, वडा नं ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा वडा नं ७ का अध्यक्ष देउप्रसाद पुन, वडा नं ८ का अध्यक्ष गमान छन्त्याल, कार्यपालिका सदस्य यामकुमारी घर्ती,गाउँसभा सदस्यबाट लक्ष्मण पुन,धनप्रसाद गर्बुजा, वडा नं ८ का स्थानीय अगुवा एवम् नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य ओम छन्त्याल, चिमखोलाका नेकपाका नेता गम पुन,उपभोक्ता समितिको तर्फबाट संयोजक सुविन शेरपुञ्जाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष भण्डारी, स्वागत उपाध्यक्ष कमला तिलिजा र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुबेदीले गर्नुभएको थियो ।

Leave a Reply