नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बस्ने भएको छ । आज शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।

सर्वाेच्च अदालतले संसद् विघटन बदरसँगै फागुन २३ गते संसद् बैठक आह्वान गर्न भनेसँगै राष्ट्रपति आइतबार पुनःस्थापित संसदको बैठक बस्दैछ । यहीँ विषयमामा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिन आज दिउँसो संसदीय दलको बैठक बस्न लागेको बताइन्छ ।

यस्तै, प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीविरुद्ध नयाँ अविश्वासको प्रस्तावको प्रस्ताव तयार पार्ने दलहरुको तयारी पनि भइरहेको जनाइएको छ । यसअघि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ ।

उता, नेपाली कांग्रेसले पनि आजै संसदीय दलको बैठक बोलाएको छ ।