प्रेस संगठन नेपाल बागलुङको (प्रचण्ड–नेपाल) समुहको संयोजकमा तारानाथ आचार्य चयन हुनुभएको छ ।शनिबार बागलुङ बजारमा सम्पन्न संगठनको जिल्ला भेलाले आचार्यको संयोजकत्वमा ३५ सदस्य कार्यसमिति चयन गरेको छ । समितिको सहसंयोजकमा थम्मन थापा र दिनेश शर्मा चयन हुनुभएको छ ।यस्तै भेलाले सचिवमा अनिश खातीलाई चयन गरेको छ ।