स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियामा पहिलोपल्ट बृहत वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ। यही मार्च २१मा कार्यक्रमको ग्रान्ड फिनाले सिड्नीको ग्रान्भिलमा हुने भएको छ । आयोजनाले कार्यक्रमको पूर्व घोषित अभियान अन्तरगत म्याग्दी जिल्लामा एक जेहेन्दार छात्रालाई बार्षिक उच्च शिक्षाका लागि ५० हजार रुपैयाँ सहयोगको समेत घोषणा गरिएको छ ।

बोल्ने कला भएका नेपाली बिधार्थी तथा अन्य युवाहरुको लागि स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजनामा “अब म पनि बोल्छु“ नामक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका प्रबन्द निर्देशक बद्रि बरुवालले बताए ।

‘हामीले सामाजिक उत्तरदाहित्व अन्तरगत यो काम गर्दछौ,‘कार्यक्रमलाई हामीले २ खण्डमा बिभाजन गरेका छौ’ बरुवालले बेनीअनलाइनलाई भने । पहिलो खण्डमा भर्चुवल अडिसन हुनेछ र भर्चुवलबाट छनौट भएकाहरुलाइ अन्तिम प्रतिष्पर्धाका बोलाइनेछ।“ प्रतियोगिताबाट प्रथम हुनेलाइ ४५०० प्रमाडपत्र तथा ट्रफी, दोश्रोलाइ ४३०० प्रमाणपत्र तथा ट्रफी, तृतीयलाई ४२०० प्रमाणपत्र तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था रहेको अर्का कार्यक्रम संयोजक मदन कोइरालाले जानकारी दिए।

कार्यक्रमको भर्चुवल अडिसनका लागि “अस्ट्रेलिया नेपाली बिधार्थी र तिनको भबिस्य“ नामक विषय दिइएको छ। अन्तिम प्रतिस्पर्धाको लागि अहिले सम्म बिषय खुलाइएको छैन। भर्चुवल अडिसनका लागि मार्च ६ सम्मको समय भएता पनि अर्को ३ दिन थप गरि मार्च ९ सम्मको बनाइएको आयोजकले बताएको छ। कार्यक्रमलाइ लाहुरी टिभी अस्ट्रेलिया मार्फत हेर्न सकिने छ ।

अन्तिम प्रतिस्पर्धाको निर्णायक मण्डलमा साउदन एकेडेमी ग्रुपका सीइओ मन केसी, सिड्नी सिटि कलेज अफ म्यानेजमेन्टकि प्रिन्सिपल तथा सामाजिक अभियन्ता रन्जु वाग्ले,ओपेरा एकेडेमी सिड्नीकि चिफ फाइनान्सियल अफिसर अनु रेग्मी, जीवन तथा लिडरशिप कोच बिनोद पौडेल तथा आचार्य राजन शर्माद्वारा परिचित भीमसेन सापकोटा रहेका छन्।

कार्यक्रमलाइ अस्ट्रेलियन हार्बर इन्टरनेसनल कलेज, सिड्नी सिटि कलेज अफ म्यानेजमेन्ट, साउदन एकेडेमी, वोएसटन सिड्नी कलेज, रक्फोर्ड कलेज, रेखा मेमोरियल ट्रस्ट, एआइह्यच, वोइनर सर्कल, मि एङ्ग्लिश, अस्ट्रेलियन सिटि इन्टरनेसनल कलेज, बिनोद पौडेल कोचिङ्ग, जेरोनि टेक्नोलोजी, किंग्सफोर्ड कलेज, गेट हर्ड, डी यन डी लिगल, फिनकोंनेक्स, आनालिंक लगाएतका संघ संस्थाको सहयोग रहेको छ । स्टुडेन्ट भाइब्स अस्ट्रेलियमा लोकप्रिय शैक्षिक परामर्श केन्द्रको रुपमा चिनिन्छ । यस संस्थाले विभिन्न कलेजबाट समेत उत्कृष्ट अवार्डको सम्मान समेत प्राप्त गरेको छ ।