महालक्ष्मी लाइफ इन्स्योरेन्सको आयोजनामा आइतबार म्याग्दी सदरमुकाम बेनीमा अन्तर्राष्ट्रिय महिला दिवसको विषयमा अन्तत्र्रिया तथा छलफल सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्याको अवसरमा महालक्ष्मीद्वारा अन्तत्र्रिया र छलफल गरिएको हो ।

कार्यक्रममा महिलाहरुलाई आर्थिक सशक्तिकरण गरी सशक्त बनाउने, लगानीका क्षेत्रहरु पहिचान गरी नयाँनयाँ क्षेत्रमा लगानी बढाउने र बिमासम्बन्धी विषयमा सामूहिक अन्तत्र्रिmया तथा छलफल गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । कार्यक्रमको औचित्यमाथि महालक्ष्मी लाइफ ईन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले प्रकाश पारेकी थिइन् ।

अन्तत्र्रिया तथा छलफल कार्यक्रममा एजेन्सी म्यानेजरहरु दिलमाया बिटालु, देवी थापा, सीता शर्मा, नारायण सुवेदी, सिजना श्रेष्ठ, प्रकाश आचार्य, देवी जिसी लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।