सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि माधवकुमार नेपाल समूह  नेकपा (एमाले) मै रहने मनस्थितिमा पुगेको छ।

नेपाल समूहका एकजना सांसद तथा केन्द्रीय सदस्यले सेतोपाटीसँग कुरा गर्दै आफूहरू नेकपा (एमाले) मै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ओली प्रवृत्ति’ विरूद्ध लड्ने मनस्थितिमा रहेको बताए।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ। त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ।