म्याग्दीको मालिका गाउँपालिका-१, निस्कोटका ३२ बर्षिया चित्रबहादुर पुनलाई साउदी अरबबाट ३८ हजार २ सय आर्थिक सहयोग गरिएको छ । मंगला गाउपालिका-५, टिकावाङका श्याम छन्त्यालको पहलमा आर्थिक सहयोग जुटाएर हस्तान्तरण गरिएको हो ।

विपन्नताका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि आर्थिक सहयोग जुटाएको छन्त्यालले बताउनुभयो । उहाँहरुको आर्थिक अवस्था नाजुक छ,‘यो अभियानमा साथ दिने सबैलाई धन्यवाद’ छन्त्यालले भन्नुभयो ।

पोखराको पश्चिमाञ्चल अस्पतालमा डाइलासिस गरिरहेका चित्रबहादुर पुनले उक्त सहयोगले उपचारमा सहज हुने बताउनुभयो । मृगौला पीडितले प्रत्यारोण अगाडी नियमित डायलासिस गर्न, महंगो इन्जेक्सन सहितका औषधीको प्रयोग गर्नुपर्ने भएकाले विपन्नलाई आर्थिक सहायता विना उपचार सम्भव भएकाले थप सहयोगको याचना गरेका छन् ।