बेनीमा प्रथम म्याग्दी कोरोला कप भलिबल प्रतियोगिता हुने

0
698

म्याग्दीको सदरमुकाम बेनीमा वडास्तरीय पुरुष तथा महिला प्रथम म्याग्दी कोरोला कप भलिबल प्रतियोगिता हुने भएको छ । म्याग्दी कोरोला यातायात प्रालिको तेस्रो बार्षिक उत्सवको अवसरमा आगामी चैत्र चैत्र १८ देखि २१ गतेसम्म हुने प्रतियोगितामा जिल्लाका ६ वटै स्थानीय तहका ४५ वडाका खेलाडी सहभागि हुन पाउने छन् ।

म्याग्दीबाट काठमाण्डौ, पोखरा तथा विभिन्न जिल्लामा नियमित यातायात सेवा दिदैं आएको म्याग्दी कोरोला प्रालिले वडा कार्यालयले प्रमाणित गरेको वडाभित्रका खेलाडीले प्रतियोगितामा खेल्न पाउने कार्यक्रम संयोजक मोहन केसीले बताए ।

‘वडा कार्यालयबाट प्रमाणित भएका वडाभित्रका खेलाडीहरु नै खेलमा आउनुपर्छ,‘लुकेको खेलप्रतिभालाई उजागर गर्न समेत प्रतियोगिताले सघाउने छ’प्रालिका सञ्चालक समेत रहेका केसीले भने ।

प्रतियोगिताको पुरुष तर्फको विजेता र उपबिजेताले क्रमश ५५ हजार ५५५, उपविजेता ३३ हजार ३३३, महिलातर्फ प्रथम हुनेले ३३ हजार ३३३ र द्धितियले २२ हजार २२२ नगद, मेडल र ट्रफी प्राप्त गर्ने खेलकुद संयोजक कुमार किसानले बताए । खेलाडीको दर्ता शुल्क पुरुषतर्फ २ हजार र महिलातर्फ १५ सय कायम गरिएको छ ।

प्रतियोगिताको समापनमा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने छ भने सेमिफाइनलबाट बाहिरिनेलाई नगद ५ हजार उपलब्ध गराउने आयोजकले जनाएको छ । वडास्तरबाटै खेलाडी उत्पादन र खेलकुदको विकासका लागि आयोजित प्रतियोगितामा राष्ट्रियस्तरको रेफ्रीले खेल सञ्चालन गर्ने जनाइएको छ ।

Leave a Reply