कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको अध्यक्षमा नरेन्द्र फगानी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । शुक्रवार सम्पन्न मोना कतारको १० औं साधारणसभा तथा १८ औं बार्षिकत्सवबाट फगामीको अध्यक्षतामा बरिष्ठ उपाध्यक्षमा राजु पौडेल, प्रथम उपाध्यक्ष बाबुराम भण्डारी, द्धितिय उपाध्यक्ष गम ब सेन्चुरी, महासचिव अजय कुवँर, सचिव रामकृष्ण शर्मा, कोषाध्यक्ष हेमबहादुर बानियाँ रहेका छन् ।

त्यस्तै समितिको बरिष्ठ सदस्यमा तुलप्रसाद शर्मा, नर बहादुर मल्ल, गंगाधर कँडेल, सुमन घर्ती,दर्शन केसी नरेन्द्र कुमार दर्जी, रिपार्ट खत्री र गंगा बस्नेतलाई चयन गरिएको मोना कतार निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनबाट प्रमुख सल्लाहकारमा निर्वतमान अध्यक्ष तिलु शर्मा पौडेल, सल्लाहकारमा मिन बहादुर कार्की, लिला बहादुर चोखाल, शिब चोखाल, थम कुमार गिरी, टिका कार्की र देबी कँडेल, संस्थापक संरक्षकमा प्रेम रसाईली, संरक्षकमा बिक्रम कार्की, रमेश पौडेल र रेशम शाही रहेको महासचिव कँडेलले बताए ।

संस्थाका अध्यक्ष पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थान घर भई लामो समयसम्म कतारमा कार्यरत छन्।मोना अन्तराष्ट्रियका महासचिव बिक्रम कार्कीको प्रमुख आथित्यतामा सम्पन्न भएको साधारणसभामा मोना अन्तराष्ट्रियको अभियानमा मोना कतारले ठूलो योगदान दिएको प्रमुख अतिथि कार्कीले बताए ।

त्यस्तै मोना आइइसीका सचिबर रमेश पौडेलले विश्वभरका म्याग्देली नाम जोडिएका संस्थाको नाम मोनामा रुपान्तरण गर्ने पहिलो कतार भएको बताउँदै खाडीको पसिना र मेहनतसँगै संस्थागत गतिविधिले मोनाका अभियानमा फरक पहिचान बनाएको बताउँदै थप सक्रिता देखाउनुपर्नेमा जोड दिए ।

विश्वभरका म्याग्देली नाम जोडिएका संस्थाको नाम मोनामा रुपान्तरण गर्ने पहिलो कतार भएको बताउँदै खाडीको पसिना र मेहनतसँगै संस्थागत गतिविधिले मोनाका अभियानमा फरक पहिचान बनाएको बताउँदै थप सक्रिता देखाउनुपर्नेमा जोड दिएका थिए । साधारणसभामा निर्वतमान अध्यक्ष तिलु शर्मा पौडेलले संस्थामार्फत जन्मभूमि र कर्मभूमिका गरिएको कामबाट सन्तुष्ट रहेको बताए ।

आफ्नो कार्यकालमा कोरोनाको जोखिममा परेका म्याग्देलीको उद्धार तथा मृतकका परिवारमार्फत आवश्यक कागजात सहित सहयोग जुटाउन र समन्वयमा सक्रिय सबैलाई धन्यवाद दिदैं नयाँ कार्यसमितिको अभियानलाई थप प्रभावकारी बनाउने बताए । सोही अवसरमा नवनिर्वाचत अध्यक्ष फगामीले पुराना अभियानलाई निरन्तरता र आवश्यकता अनुसार थप नयाँ कार्यक्रमहरु ल्याउने बताएका थिए । कतारमा रहेका नेपाली संस्थामा सक्रिय संस्थाभित्र समेत पर्छ ।