टोकियो – म्याग्दी जिल्ला साबिकको देबिस्थान गाबिस बासीहरुको आइतबार टोकियोमा भएको एक भेलाद्वारा देबिस्थान म्याग्दी समाज जापान गठन भएको छ । हाल जापानमा रही बिभिन्न पेशा, ब्यवसाय, अध्ययन तथा रोजगारीमा संलग्न देबिस्थानबासीहरुको भेलाले बेग फगामी (मगरदाङ) को अध्यक्षतामा देबिस्थान म्याग्दी समाज जापान गठन भएको हो ।

समाजको कार्यसमितिको उपाध्यक्षद्वयमा खेमबहादुर मल्ल (राजदाङ), कविता भट्टचन शेरचन (जुग्जा), सचिवमा होम फगामी (जुग्जा), सहसचिवमा रुद्रमान घर्ती (राजदाङ), कोषाध्यक्षमा भाजबिर घर्ती (घरिथोक) चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा नविन पुन, खेम फगामी, चुनदेबी घर्ती, खप्रसाद सिउथानी, दिपा घर्ती, मेनका सिउथानी, भुवन घर्ती, तिलु फगामी, इना पुन, राजकुमारी फगामी, तारा पुन, प्रबिण घर्ती र माया घर्ती चयन भएका छन् । यसैगरी सल्लाहकारहरुमा चन्द्रबहादुर घर्ती, मोमप्रसाद बुढाथोकी र तिलक मल्ल चयन भएका छन् ।

समाजको कार्यसमितिमा आवश्यकता अनुसार आगामी बैठकमा पदाधिकारी तथा सदस्यहरु थपिने बताईएको छ ।कार्यसमितिमा चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई सल्लाहकार चन्द्रबहादुर घर्तीले खादार्पण गरी बधाई ज्ञापन गर्नुभएको थियो ।

भेलाले जापानमा रहेका देबिस्थाबासीहरु बीच भईपरी आउने आकस्मिक समस्याहरुको समाधान गर्न एक आकस्मिक कोष समेत खडा गरेको छ । हरेक दुई महिनामा एक पटक नियमित बैठक बस्ने गरी आगामी बैठक आगामी मे २ तारिख आइतबार टोकियोमा गर्ने र सो बैठकले समाजको आगामी कार्ययोजना तथा कार्यबिधि तय गर्ने लक्ष लिएको छ ।

जापानभरिकै देबिस्थानबासीहरुलाई गोलबन्द गर्दै भईपरि आउने समस्याहरुमा सहयोग गर्न सकियोस् र साथसाथै आफ्नो गाउँठाउँका लागि पनि संभव भएसम्म योगदान पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले समाजको गठन गरिएको नवनिर्वाचित अध्यक्ष फगामीले बताउनुभयो । समुद्रपारि डट कम