म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले आयोजना गरेको खुला कल्चरल फेसबुक फोटो प्रतियोगिताको उपाधी प्रज्ञ घिमिरेले जितेका छन्। मोना क्युस्युले १५ मार्च सोमबार सार्वजनिक गरेको नतिजाअनुसार घिमिरेले उपाधीसँगै २५ हजार येन र प्रमाणपत्र पाए । घिमिरेले २६ सय ५४ लाइक, १३ हजार ५ सय १६ लाइक गरी ७२ हजार ८ सय ८८ नम्बर पाए।

त्यस्तै दोस्रो हुन सफल ६३ नम्बरकी प्रतियोगी सिजुओका जापानकी युमिको फगामी मगरले ८ हजार ८ सय १२ लाइक, ८ हजार ६ सय २६ सेयरसहित ६० हजार ७ सय ७४ अंक प्राप्त गरिन् । गुल्मी नेपालकी १७१ नम्बरकी प्रतियोगी निकिता मगरले ३ हजार ६ सय ९० लाइक, ४ हजार ३ सय १६ सेयर गरी २८ हजार ९ सय ६० पोइन्टसहित सान्त्वना पुरस्कार पाएको मोना क्युस्युका अध्यक्ष उज्ज्वल बानियाँले बताए ।

मोना क्युस्युको आधिकारिक फेसबुक पेजबाट कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ खुला कल्चरल फेसबुक फोटो कन्टेस्ट २०२१ फेब्रुअरी १ बाट मार्च १५ तारिखसम्म सञ्चालन गरिएको थियो । नतिजा मार्च १५ तारिकका दिन बेलुकाको ६ बजे (जापानी समय) र दिनको २ः४५ (नेपाली समय) मा फेसबुक लाइभमार्फत नतिजा प्रकाशन गरिएको हो । अध्यक्ष बानियाँले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्न सहयोग गर्ने सबेमा धन्यवाद व्यक्त गरेका छन् ।