गण्डकी प्रदेश सरकारले विपन्नको उपचारमा धमाधम आर्थिक सहायता दिन थालेको छ । चरम गरिबीकै कारण उपचारबाट बन्चित भएकाहरुलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले विपन्नको उपचार कोषबाट ८ जनालाई ५० हजार देखि डेढ लाखसम्म सहयोग गरेको सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकिय सचिव प्रकाश पौडेलले बताए ।

उनका अनुसार मंगला–४ की मृगौला पीडित मायाँ विकलाई १ लाख,स्तनक्यान्सर पीडित कलमायाँ सुनार डेढ लाख, भिमबहादुर भण्डारी ५० हजार, घाँटीको क्यान्सर पीडित मोमबहादुर थापा डेढ लाख, मृगौला पीडित निशा सुबेदी १ लाख, चनमायाँ मगर १ लाख, ब्लड क्यान्सर पीडित शिब चोखाल डेढ लाख, मृगौला पीडित अजय परियार १ लाख र शेरबहादुर खड्का ७५ हजार सहयोग गरिएको छ ।

म्याग्दीबाट आर्थिक अभावका कारण उपचारमा समस्या भएका विरामीलाई वडा कार्यालयको सिफारिस सहित आवश्यक विवरण समेत मन्त्रालयमा उपलब्ध गराउन समेत अनुरोध गरिएको छ । विपन्न उपचार कोषमार्फत सहयोग प्राप्त सँगै अस्पतालमा उपचारका लागि आवश्यक सहजिकरण तथा विरामीलाई समेत भेट्न मन्त्री पुन अस्पतालमै पुग्ने गरेकी छन् । अस्पतालमा बेडको अभाव तथा अन्य चिकित्सा परामर्शका लागी समेत मन्त्री पुनको अग्रसरतामा सहयोग गर्ने गरेको छ ।