युनाइटेड अरब इमिरेट्स (युएइ)मा रहेका म्याग्देलीको साझा संस्था मोना यूएईको आयोजनामा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

आगामी अप्रिल १६ मा हुने प्रतियोगिताको तयारी तथा प्रचारप्रसार सुरू गरिएको मोना यूएईका महासचिव काजिमान बुढाथोकीले बताए । प्रतियोगिता लेभल ए र बि हुने छ ।उनका अनुसार प्रतियोगितामा ३० देखि ४० टिमको सहभागिता हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा सहभागी हुनेले अप्रिल ८ गतेसम्म सम्पर्क गर्नुपर्ने छ भने प्रतियोगिताको कार्यतालिका अप्रिल ९ मा गरिने महासचिव बुढाथोकीको भनाई छ । प्रथम पुरस्कार मोना यूएईका संरक्षक प्रकाश कार्की, दोस्रो पुरस्कार लेभल ए प्रायोजक बरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्मा, ब्यानर प्रायोजक मोना युएईका खेकलद संयोजक किरण खत्रीले गरेका छन् । विजेतालाई प्रमाणपत्र, मेडल र ट्रफि उपलब्ध गराइने छ ।