राजन घिमिरे \ स्टुडेण्ट भाइस अष्ट्रेलियाको प्रस्तुतिमा ‘ अब म पनि बोल्छु ‘ शिर्षकमा सिड्नीको ग्रायनभिलमा बृहत बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । यस्तो किसिमको कार्यक्रम अष्ट्रेलियामा नेपाली समाजले पहिलोपटक आयोजना गरेको हो । प्रतियोगितामा भुबन तिमल्सिना तृतिय,-अनिता पौडेल दृतिय र रोशन कादरिया प्रथम हुन सफल भएका छन ।

अष्ट्रेलियामा सिकेको सिप र ज्ञानलाई नेपाल भित्र्याउंन यूबाहरूको भूमिका बिषयलाई प्रतियोगिताले मूल रूपमा उठान गरेको थियो ।  प्रतियोगितामा आचार्य राजन शर्मा भिमसेन सापकोटा,साउदन ऐकेडेमीका सिइओ मन के.सी.,सिड्नी सिटी कलेज अफ मेनेज्मेण्टकी प्रिन्सीपल रन्जु वाग्ले थापा , लिडरशिप बिनोद पौडेल र ओपेरा ऐकेडेमीकी बोर्ड मेम्बर अनु रेग्मी निर्णायक रहेका थिए ।

प्रतियोगितामा १२ जना उत्कृष्ट प्रतियोगिहरु भर्चुअल अडिसनबाट छनौटमा परेका थिए ।कार्यक्रमको संयोजकमा मदन कोइराला र बद्री बडुवाल रहेका थिए भने प्रतियोगितामा प्रथम हुनेले ५ सय अष्ट्रेलियन डलरको साथमा थप बोनस २ सय डलर, प्रमाण पत्र,ट्रफी ,मेडल, २५० डलर बराबरको हेयर एण्ड ब्यूटी भौचर र २ सय डलरको ममको भौचर प्राप्त गरेका छन ।

यसैगरी दोस्रो हुनेले ३ सय अष्ट्रेलियन डलरको साथमा थप बोनस १ सय डलर, प्रमाण पत्र,ट्रफी ,मेडल, २५० डलर बराबरको हेयर एण्ड ब्यूटी भौचर र एक सय पचास डलरको ममको भौचर प्राप्त गरेका छन ।

प्रतियोगितामा तेस्रो हुनेले आयोजकको तर्फबाट २ सय डलर र १ सय डलर बोनसको साथै ट्रफी, प्रमाण पत्र, २५० डलरको हेयर एण्ड ब्यूटी भौंचर र एक सय डलरको मन भौचर जितेका छन । आयोजकले यस अघि रेखा मेमोरियल ट्रष्टको सहकार्यमा म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ अध्यनरत १८ बर्षीय कोपिला पुन लाई नगद रु पचास हजार सहयोग गरेको थियो l

पुन: बिगत लामो समय देखि दिर्घ रोग बाट पिडित थिए ।पढाईमा अत्यन्त रुचि राख्ने पुनले आफ्नो सपना पुरा गर्न सबै जनाको साथ पाउदा आभार व्यक्त गरेका छन । कार्यक्रममा मदन कोइराला र बद्री बडुवालले सहभागिहरूलाई धन्यबाद ब्यक्त गरेका थिए भने यस प्रतियोगिताको अर्कों सिजन चांडै आउने जानकारी दिएका छन । प्रतियोगिताको प्रमुख आतिथ्यता गैह्र आबासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देबबहादुर गुरूगंले गरेका थिए भने कार्यक्रमको बिशेष अतिथिमा गैह्र आबासीय नेपाली संघ अष्ट्रेलियाका प्रबक्ता नन्द गुरूंग थिए भने कार्यक्रममा एक्काका अध्यक्ष भूपाल सिटौला लगायतका ब्यक्ति ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा बाबा ऐजुकेसन कन्सल्टेन्सी र आर के एस अष्ट्रेलियाका सिइओ रबिन्द्रकुमार शर्माले यूबा पुस्तालाई जागरूक गराउंने यस्ता खाले प्रतियोगिता सांच्चै फलदायी हुने कुरा बताए ।