कुमारी बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका-९, गलेश्वर परिसरमा वृक्षारोपण गरेको छ । बैंकको २० औं वार्षिकोत्सवको अवसरमा प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम, बजार तथा शसस्त्र प्रहरी गणको परिसरमा बृक्षारोपण गरिएको थियो । शनिबार भएको कार्यक्रममा वडाअध्यक्ष बेल बहादुर चोखाल, गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी र सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक) लगायतको उपस्थितमा एभोकाडो, धुपी, रुद्राक्षको ४० भन्दा बढी विरुवा वृक्षारोपण गरेको शाखा प्रवन्धक मिलन श्रेष्ठले बताए । बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगत यसअगाडी समेत विभिन्न कार्यक्रम गरिएको थियो ।