बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ‘आर्थिक समृद्धि, हाम्रो अभियान’ भन्ने मूल नारासहित शुक्रबार ६४औं राष्ट्रिय सहकारी दिवस–२०७७ को अवसरमा कार्यक्रम गरिएको हो ।

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारा रहेको यस वर्षको राष्ट्रिय सहकारी दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको बेनी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । कार्यक्रममा सदरमुकाम बेनीबजारस्थित सञ्चालनमा रहेका सहकारी संस्थाका सञ्चालक तथा जिल्लामा क्रियाशील पत्रकारहरुले एकापसमा शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा बेनी बचत तथा ऋण सहकारीका अध्यक्ष रमेश गिरीले राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीकर्मी र सरोकारवालाबीच परिचयात्मकसहित अन्तत्र्रिmया गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । शुभकामना आदानप्रदान गर्दै सहभागीहरुले सहकारीमार्फत उत्पादन र व्यावसायिक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए ।