म्याग्दी १५ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगन थापाले समयमै संविधान निर्माणकार्य सम्पन्न नभए देशको समस्या समाधान हुन नसक्ने भएकाले नेपालमा अर्को गृहयुद्धको जन्म हुने ठोकुवा गर्नुभएको छ ।

गलेश्वर युवा कल्वले गलेश्वरमा आयोजना गरेको विशेष मेलाको समापन समारोहलाई सम्बोधन गर्दै संविधानसभा सभासद् समेत रहनुभएका थापाले माओवादी नेकपा एमाले नेपाली कांग्रेस बिच केही समयदेखि चिस्सीएको राजनितीक सम्बन्ध सुधार गर्न आवश्यक भएको बताउनुभयो । ूडेढबर्षभित्र नेपालमा संविधान निर्माण हुन नसके अर्को गृहयुद्ध जन्मन्छ ।ू थापाले अगाडी भन्नुभयो ू माओवादी एमाले कांग्रेस लगायत संविधानसभामा प्रतिनिधीत्व गर्ने सबैदल मिल्न आवश्यक छ ।ू

राजनीतिक दलहरुले संगठनको रुपमा अर्धसैनिक युवा दस्ता गठन गरेर युवा शक्तिको दुरुपयोग गरेको भन्दै नेपाली युवाहरुलाई विकास निर्माण र समाज परिवर्तनमा परिचालन गर्न सकेमा राष्ट्रको लागि फाईदा हुने सभासद् थापाको धारणा थियो ।

यसैबिच मंसिर ९ गतेदेखि गलेश्वरमा संचालित गलेश्वर विशेष मेलाको युवा भलिबल खेलतर्फ महारानी युवा कल्व राखु प्रथम भएको छ । आयोजक गलेश्वर युवा कल्व दितृय भएको छ । त्यसैगरि महिला भलिबल तर्फ म्याग्दी ट्याक्सी व्यावसायी समिति प्रथम र प्रुेन्डसीय युवा कल्ब बेग तिप्ल्याङ दितृय भए । उता बास्केटबल खेलतर्फ फुलबारी युवा कल्व पोखरा प्रथम र मेघा युथ कल्व दितृय भएको छ । खेलमा बिजयी टिमहरुलाई कार्यक्रमका प्रमुख अतिथी सभासद् थापाले नगदसिल्ड मेडल लगायत पुरुस्कार वितरण गर्नुभयो ।

गलेश्वर युवा कल्वका अध्यक्ष चित्र केसीको अध्यक्षता र सचिव दिपक विखर्चीको संचालनमा ६ दिन सम्म चलेको बिशेष मेला को समापन समारोह सम्पन्न्न भएको थियो ।


सन्तोष गौतम

विज्ञापन