काभ्रे प्रहरीले महिलाको हत्या आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ । शारीरिक सम्पर्क गर्ने विषयमा विवाद हुँदा बसभित्रै एक महिलाको हत्या गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बनेपाको बसपार्कमा पार्किङ गरी राखेको बा २ ख २४२७ नम्बरको बसभित्र ३५ वर्षीया महिलाको हत्या भएको हो ।

गत आइतबार बसभित्र एक महिला मृत अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्‍न एक किशोर सहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानमा मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने  खाेज्दा विवाद भएको र आफुहरुको पहिचान खुल्ने डरले ४ जनाले मिलेर हत्या गरेको खल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।