यात्रुलाई नक्कली टिकट बिक्री गर्नेलाई कारवाही गर्न मोना पोर्चुगलको माग

0
198

म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्चुगलले लिस्बन शहर सञ्चालित लक्ष्मी ट्राभलले हवाई जहाजको नक्कली टिकट बेचेर यात्रुलाई अलपत्र पारेको भन्दै दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

नेपाल फर्कनका लागि ठिक्क परेका दर्जनौँ यात्रुहरु विमानस्थलबाट फिर्ता हुन बाध्य पार्ने ट्राभलका सञ्चालक बिक्रमजङ्ग कुँवरलाई कारवाही गदैं पीडित यात्रुलाई क्षतीपुर्ती दिन माग गरेको हो ।

मोना पोर्चुगलका कार्यवाहक अध्यक्ष मोहन शेरपुञ्जा र महासचिव धन थापाद्धारा जारी विज्ञप्तीमा यात्रुलाई बोर्डिङ पासका लागि टर्किस एयरको काउन्टरबाट फर्किनुपरेको भन्दै उचित क्षर्तीपुर्तीको समेत माग गरेको मोना आइइसीका यूरोप संयोजक निरोज कार्कीले बताए ।

लक्ष्मी ट्राभलल ११ जनाले प्रति व्यक्ति ६२० युरो अर्थात नेपाली लगभग ७० हजार रुपैयाँ तिरेर टर्किस एयरलाइन्सको टिकट नक्कली भएपछि घटना सार्वजनिक भएको थियो ।

विगतमा पनि यस्तै काण्डमा मुछिने गरेका कुँवर एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे, बरिष्ठ उपाध्यक्ष भिमसेन थापा, उपाध्यक्ष सीता श्रेष्ठ, महासचिव हेमराज सुबेदी लगायतको भूमिकामा रहेका छन्। कुँवर हाल सम्पर्क बाहिर रहेका छन्।

 

Leave a Reply