म्याग्दी उद्योग वाणिज्य संघ गण्डकी प्रदेशमै उत्कृष्ट भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा गण्डकी प्रदेशमा रहेका ‘ख’ वर्गका उद्योग वाणिज्य संघहरू मध्ये म्याग्दी उवासंघ उत्कृष्ट संघको रुपमा सम्मानित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघका अध्यक्ष बेलबहादुर कटुवाललाई कदरपत्र प्रदान गरेका हुन्। गण्डकी प्रदेशभित्रका उवासंघमा निजी क्षेत्रका साथै सामाजिक तथा पर्यटन लगायत समुदायमा आवश्यक विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत सम्मानित भएको अध्यक्ष कटुवालले बताए ।

‘हामीलाई यो सम्मानले थप जिम्मेबारी थपिएको छ,‘आगामी बर्षमा पनि उ्रच्च मुल्याङ्कन हुने गरी कार्यसम्पादन गर्नेछौ’ अध्यक्ष कटुवालले भने ।नेपाल उवामहासंघका केन्द्रिय सदस्य कुविरकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । निर्वतमान अध्यक्ष उत्तमकुमार कर्माचार्यको कार्यकालमा भ्रमण बर्ष, पदमार्ग, बाढीपहिरो पीडितलाई सहयोग, हितकोषमार्फत गरिरहेको सहयोगका बारेमा समेत नेपाल उवामहासंघले उच्च प्रशंसा गरेको छ ।