पर्वतको जलजला गाउँपालिका वडा नं २ र ३ बगरमामा रहेको “सिद्ध बाबा युवा क्लबको नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न छैटौं साधारण सभा एवम् चौथो अधिबेशनबाट जगत गैरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा सुबाश विक, उपाध्यक्ष रमेश पाईजा, सचिव किसान विश्वकर्मा, कोषाध्यक्ष मन्जु बरुवाल, सहसचिव विरेन्द्र शाही रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा जीवन पुर्जा,बिज्ञान शर्मा,प्रदिप बिक.संगिता सापकोटा,पवन बरुवाल,नवराज शर्मा,सुनिल जिसी रहेको क्लवले जनाएको छ।

क्लवमार्फत बगरमा हुने विभिन्न विकास निर्माण, सामाजिक एवम् मानवीय सेवा र समुदायस्तरमा अति आवश्यक परेमा सहयोग समेत गर्ने गरी अगाडी बढ्ने अध्यक्ष गैरले बताए ।

‘समुदायको सुखदुखमा साथ दिने गरी काम गछौं,‘यहाँ आवश्यक विकास निर्माणका कार्यमा समेत सम्बन्धित निकायको ध्यानार्कषण गराउँछौ’ उनले भने ।