स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण बढेपछि १४ वटा जिल्लाका विद्यालय नजान आग्रह गरेको छ। मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको  अति प्रभावित जिल्ला वर्गीकरण गरेर ती जिल्लाका विद्यालयमा नजान आग्रह गरेको हो ।

मन्त्रालयले काठमाडौं उपत्यकासहित भक्तपुर, ललितपुर, कास्की, रुपन्देही,  मोरङ, दाङ, सुर्खेत, बारा र चितवन, बाँके, पर्सा, कैलाली, बागलुङलाई कोरोनाको प्रभावित जिल्लाको वर्गीकरण गरेको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर तीव्र रुपमा बढेकोले मन्त्रालयले सबै अस्पतालहरुलाई फिवर क्लिनिक सञ्चालन गरी कोभिड–१९ को परीक्षणका लागि नमूना संकलन गर्न  पनि निर्देशन दिएको छ।

त्यस्तै मन्त्रालयले सिनेमा हल, नाचघर, पार्टी प्यालेस, सपिङ मल, हेल्थ क्लब, स्वीमिङ पुल लगायत भिडभाड हुने क्षेत्रहरु सञ्चालन नगर्नुका साथै सर्वसाधारणलाई पनि सहभागि नहुन समेत आग्रह गरेको छ ।

त्यस्तै मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न आम सर्वसाधारणलाई अपील गरेको छ ।