सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लव अफ बेनी सिटी म्याग्दीको आठौं अधिवेशनबाट वर्ष २०२१÷०२२ का लागि मिलन बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

क्लवको प्रथम उपाध्यक्षमा राजु बानियाँ, दितृय उपाध्यक्षमा तुलसीनाथ सुबेदी, तृतीय उपाध्यक्षमा अंकित खान, सचिबमा तप्तबहादुर भण्डारी, कोषाध्यक्षमा लक्ष्मण कटुवाल, सहसचिव महेन्द्र श्रेष्ठ, सहकोषाध्यक्ष भिमनाथ रेग्मी, मेम्बरसिप डाइरेक्टर अमृतप्रसाद शर्मा, खेलकुद डाइरेक्टर सुरेन्द्र हमाल, विजनेश निर्देशक नविन केसी र पिआरओ शंकर पौडेल रहनुभएको छ ।

नवनिवार्चित अध्यक्ष बानियाँले आफ्नो कार्यकालमा नियमित कार्यक्रम सहित विभिन्न गतिविधि गर्ने प्रतिबद्धता जनाउनुभयो । लायन्सले म्याग्दीमा शिक्षा, स्वास्थ्य, सामाजिक तथा अन्य रचनात्म कार्यहरुमा लायन्स क्लवले सहयोग गर्ने गरेको छ ।