म्याग्दी प्रबासी संघ (मोना) जापना क्षेत्रीय समिती सेन्दाईको अध्यक्षमा अश्विन भण्डारी चयन भएका छन् । रोजगार, शिक्षा र ब्यवसायको सिलसिलामा जापानको सेन्दाईमा पुगेका म्याग्देलीहरुलाई लक्षित गरी स्थापना भएको संस्थाको १५ सदस्यीय कार्यसमिती चयन गरेको हो।

कार्यसमितीको उपाध्यक्षमा सुवास खत्री,सचिब भुपेन पुन,सह–सचिब बिकाश सेन्चुरी,कोषाध्यक्ष सरिता रोका सदस्यहरुमा प्रतिक्षापौडेल,सिर्जना मगर,लक्ष्मी घर्ती,प्रतिक्षा किसान, भैरब पुन मगर,पदम कार्की,किशोर परियार र अनिश गर्बुजा रहेका छन् । कार्यसमितिको सल्लाहकारहरुमा प्रकाश बिश्वकर्मा र प्रबिण खत्री रहेका छन् ।

मोना सेन्दाईले वर्ष मात्र म्याग्दीका बिभिन्न रोग तथा दुर्घटनाबाट घाईते तथा बिरामाहरुका लागी उपचार तथा गत बर्षको पहिरोबाट पिडितहरुका लागी करिब ५ लाख अभियान चलाएर सहयोग गरेको सककस्थाका निवर्तमान अध्यक्ष कमल बानियाँले बताए ।

संस्थाको निवर्तमान अध्यक्ष कमल बानियाँको अध्यक्षता सम्पन्न भेलाको संचालन सुबाश केसी तथा स्वागत अश्बिन भण्डारीले गर्नुभएको थियो। नवनिर्वाचित अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा म्याग्देलीको दुखसुखमा साथ दिने प्रतिबद्धता जनाए । उनले जापानमा रहेर जन्मभूमिमा समेत सक्ने सहयोग गर्ने बताए ।