प्रधानमन्त्री केपी शर्मा ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’  रहने काठमाडौं महानगरका प्रमुख (मेयर) विद्यासुन्दर शाक्ले बताएका छन् । शनिबार पुननिर्मित धरहराको उद्घाटन कार्यक्रममा बोल्दै आज ओली नभइ राणा भएको भए यो टावरको नाम ‘केपी टावर’ रहने उनले बताए ।

उनले भने, ‘सायद आज ओली नभइ राणा भएको भए यो टावरको नाम केपी टावर हुन्थ्यो होला । किनकि त्यतिबेला राणाकालमा कसैको बोल्न सक्ने आँट थिएन, साहस थिएन ।’

उनका अनुसार राणाकालमा जति पनि दरबार, ऐतिहासिक सम्पदा बने ती सबै राणाहरुमध्ये कसै न कसैका नाममा रहेका छन् ।

राणाकालमा जे गर्यो त्यसैलाई साथ दिने, त्यसैलाई जयजयकार गर्ने प्रचलन रहेको पनि उनले बताएका छन् । तर, अहिले केही काम गर्दा खाेइराे खन्ने प्रवृत्ति रहेकाे बताए । पुरानो धरहरालाई संरक्षण गरेर राख्ने नयाँ धरहरालाई मौलिकता र ऐतिहासिक रूपमा झल्काउने काम भएको उनले बताए ।

पहिलाे प्रधानमन्त्रीत्व कार्यकालमा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको काम सम्पन्न गर्न असम्भव भएको पनि मेयर शाक्यले बताए । अुनसार ०७४ को निर्वाचनपछि पुनः प्रधानमन्त्रीमा नियुक्त भएपछि धरहराको काम सम्पन्न गर्न सफल भएकोमा उनले प्रधामन्त्रीलाई धन्यवाद समेत दिए ।

पछिल्लो समय काठमाडौंं धुलो, धुवाँरहित भएको पनि उनको दाबी छ । गर्न सके केही पनि असम्भव नहुने बताउँदै काठमाडौंलाई हेर्नलायक बनाउने  पनि उनले घोषणा गरेका छन् ।

साथै दरबार हाइस्कुल र रानीपाेखरी पनि पुनर्निर्माणपछि उद्घाटन सम्पन्न भइसकेको उनले स्मरण गराए ।

Leave a Reply