गण्डकी प्रदेशमा थप १६३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा दोस्रो लहर शुरु भएपछि कास्कीमा सबैभन्दा धेरै १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

कास्कीमा देखिएका ११५ जना संक्रमितमध्ये पोखराका १०७ जना रहेका छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकाका ७ जना र मादी गाउँपालिकाका १ जना रहेका छन् ।  कास्कीमा ११५ सहित गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

Leave a Reply