गण्डकीमा कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, म्याग्दी र स्याङजाका १÷१ जना छन् । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनससार कोरोनाबाट मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुष छन् । उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा सोमबार मृत्यु भएको निर्देशनालय निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनलाई बैशाख ११ गतेमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, कोरोनाकै कारण मृत्यु हुनेमा म्याग्दी, रघुगंगा गाउँपालिकाका ७८ वर्षीय पुरुष छन् । पोखरा मेडिप्लस अस्पतालमा उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो । उनलाई बैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको डा शर्माले जानकारी दिए ।
कोरोनाबाट सोमबारमात्रै कास्कीका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ का ९१ वर्षीय पुरुष र पोखरा १ का ५५ वर्षीय महिला छन् ।
गण्डकीमा बैशाखमा मात्रै ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply