गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएको छ । सोमबार प्रदेश सभाको बैठक सुरु हुनासाथ पोखरेलले सो प्रस्ताव प्रस्तुत गरेका हुन्।प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकलगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गरे ।

सम्बोधनको सुरुमा नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीप्रति श्रद्धाञ्जली उनले व्यक्त गरे । ६० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको मत आवश्यक पर्छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) गरि २८ सांसदले गुरुङविरुद्ध हस्ताक्षर अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

Leave a Reply