उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीमा सोमबार खानेपानी, सरसफाई तथा स्वच्छतासम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु एवं स्वास्थ्यकर्मीलाई खानेपानी, सरसफाई र स्वच्छताको विषयमा पैरवी गरिएको हो ।

युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई तथा स्वच्छतासम्बन्धी पैरवी गरिएको जनाइएको छ ।

स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई र स्वच्छताको सुविधाहरु प्रवद्र्धन गर्ने, स्वास्थ्य संस्थामार्फत सेवा परामर्श गर्दा खानेपानी, सरसफाई र स्वच्छताका व्यवहारहरुको बारेमा हजार दिनका आमाहरुलाई परामर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सुआहारा कार्यक्रमका वास अफिसर टिका उप्रेतीले खानेपानी, सरसफाई र स्वच्छताको अन्तर्राष्ट्रिय नीति तथा कार्यक्रमहरु, स्वास्थ्य संस्थामा खानेपानी सरसफाई र स्वच्छताका लागि हुनुपर्ने न्युनतम मापदण्ड, स्वास्थ्य संस्थाको वर्तमान अवस्था र पुनरावलोकन लगायतका विषयहरुमा सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै पाखापानीका वडा अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष मनकुमार शेरपुञ्जाले पाखापानी स्वास्थ्यचौकीमा खानेपानी, सरसफाई र स्वच्छताको सुनिश्चित गर्नका लागि आफूले वडा र गाउँपालिकामार्फत आवश्यक पहल गर्ने बताएका छन् ।

वडाध्यक्ष शेरपुञ्जाको अध्यक्षता र स्वास्थ्यचौकीका अनमी बिनु राम्जाली पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यचौकी व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, पाखापानी प्रहरी चौकीका प्रतिनिधिलगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।

म्याग्दी जिल्लामा सुआहारा कार्यक्रमले सुनौलो हजार दिनका महिला तथा २ वर्षमुनिका बालबालिकाहरुलाई लक्षित गरेर पोषणको साथसाथै समुदायमा पुगेर खानेपानी, सरसफाई र स्वच्छताको विषयमा आवश्यक सहजीकरण गर्दै आइरहेको जनाएको

 

Leave a Reply