नेपालको सबैभन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड साम्सुङले दुरसञ्चार सेवाप्रदायक संस्था एनसेलसँगको सहकार्यमा ग्राहकलाई नयाँ अफर ल्याएको छ । साम्सुङका ग्राहकले सजिलै आफ्नो फिचर फोनलाई फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको हो ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ।फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन्।

साम्सुङको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँछन्। नयाँ वर्ष योजना नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने साम्सुङको प्रतिबद्धता अनुसार ग्राहकको सुविधाका लागि ल्याइएको कम्पनीले जनाएको छ ।

एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने बताउँदै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिदै असीमितडिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न कम्पनीले दावी छ ।

एक्सचेन्ज योजनामा ग्राहकले साम्सुङको झण्डै दुई दिनसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री भएको साम्सुङ ग्यालेक्सी एम ०१ कोर र साम्सुङ ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्छन्।

एम ०१ कोरमा १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ । एम ०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन्।

एम ०१ कोर र एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव भएकाग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन्। कम्पनीले पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभुत शर्तहरु लागू हुने जनाएको छ । पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ ।

दोस्रो फोनको ब्याट्री फुलेको अवस्थामा हुन हुँदैन अर्थात ब्याट्रीले काम गरेको हुनु पर्दछ । यी दुई शर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरिने छ र नयाँ फोन किन्नका लागि न्यूनतम रु ८०० ग्यारेन्टीका साथ छुट प्रदान गरिनेछ । यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि संचालनमा रहने छ ।