नेपाल ब्याबसायिक बाख्रापालन संघ म्याग्दीको चौथो जिल्ला अधिबेशनबाट अध्यक्षमा कृष्ण मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम गरी आयोजित अधिवेशनबाट उपाध्यक्षमा महेन्द्र बानियाँ, महासचिव नर बहादुर थापा मगर, कोषाध्यक्ष सुन्तली जिसी खड्का, सचिव कमल शर्मा जैसी रहनुभएको छ । कार्यसमितिको सदस्यहरूमा हिम कुमार गर्बुजा, बुद्धि सुनुवार,जगत बहादुर मल्ल, कर्ण खड्का र कृष्ण सुनुवार रहनुभएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गदैं नेपाल बाख्रापालक महासंघका उपाध्यक्ष धन बहादुर श्रीस मगरले म्याग्दी जिल्लामा बाख्रापालनमा आर्कषित ब्यवसायीलाई सफल बनाउन महासंघले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘यो पेशामा दुख पनि धेरै छ,‘हाम्रो समस्यालाई पनि समाधान गर्न सबै एकजुट हुने वातावरण बन्दैछ’ श्रीषले भन्नुभयो ।

बुद्धि बहादुर पुन को अध्यक्षतामा भएको अविधेशनमा नवनिर्वाचत अध्यक्ष मल्लले आफ्नो कार्यकालमा जिल्लाभरका बाख्रापालकलाई संस्थामा आवद्ध बनाउँदै ब्यवसायीक दक्षताका लागि विभिन्न तालिम तथा अनुभव आदानप्रदानको वातावरण बनाउने बताउनुभयो ।

म्याग्दीमा बैदेशिक रोजगारबाट फर्किएका यूवाहरु धमाधम बाख्रापालनमा सक्रिय भएपछि पछिल्लो एकदशक यता जिल्लामा बाख्रापालकको संख्या ह्वात्तै बढेको छ। म्याग्दीका बाख्रापालकको नेतृत्व गदैं भकिम्लीका धन बहादुर श्रीष केन्द्रिय समिति तथा प्रदेशमा समेत उपस्थित भएकाले बाख्रापालक उत्साहित छन् ।