रोल्पाको गंगादेव गाउँपालिकाका ४३ जनाको पिसिआर जाँच गर्दा ४२ जनालाई कोरोना पोजेटिभ देखिएको छ । एकै पटक गरिएको परिक्षणमा यति धेरै संख्यामा कोरोना पोजेटिभ देखिएको जिल्लामा यो पहिलो हो ।

स्वाब संकलन गरी भैरहवा पठाईएको पिसिआर जाँच गर्दा शुक्रबार पोजेटिभ देखिएको हो । पोजेटिभ हुनेहरुमा गाउँपालिकाका कर्मचारी, केही जनप्रतिनिधि र पालिका अवस्थित स्थानीय छन् । गंगादेव गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्रीका अनुसार सुरुमा लेखा अधिकृत र एक स्थानीय टेलरलाई कोरोना देखिएको थियो ।
सुरुमा कोरोना पोजेटिभ देखिएकाको कन्ट्याक्टमा रहेका पालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ४३ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब परिक्षणबाट सबैजसोलाई पोजेटिभ देखिएपछि गाउँमा त्रास पैmलिएको छ । गाउँपालिका उपाध्यक्ष, ३ नं. वडाअध्यक्ष, विभिन्न विषयगत शाखाका कर्मचारी र स्थानीयको स्वाब परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ । पालिकामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाको कार्यालय र २ नं. वडा कार्यालय बैशाख १२ गतेदेखि नै शिल गरिएको थियो ।
अध्यक्ष खत्रीका अनुसार पछिल्लो समय गाउँपालिका, सबै वडा कार्यालय र विद्यालय बन्द गरिएका छन् । कोरोना पोजेटिभ देखिएकाहरु मध्ये कतिपयमा रुघाखोकी, हाछ्यू र ज्वोरो आउने लक्षण देखिएपनि कतिपयमा कुनै लक्षण देखिएको छैन् । गाउँपालिकाका प्रवक्ता एवं ७ नं. वडा अध्यक्ष तुलबहादुर घर्तीमगरका अनुसार दुई चरणका खोप लगाएकाहरुमा पनि कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिएका सबै आ–आफ्नो घर, कोठा र क्वार्टरमा आईशोलेशनमा बसिरहेका छन् ।
कोरोनाको खोप लगाईदिन खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको जनाईएको छ । “दोस्रो चरणको खोप लगाई दिन खटिएका स्वास्थ्यकर्मीलाई पनि पोजेटिभ देखिएको छ ।”, एक जनप्रतिनिधिले भने, “समुदायमै कोरोना पैmलिसकेको देखिन्छ ।” कोरोना पोजेटिभ देखिएका ४३ जनासँग गाउँपालिकाका धेरै सेवाग्राही समेत कन्ट्याक्टमा रहेका छन् । उनीहरुबाट समुदायमा कोरोना व्यापक पैmलिएको आंकलन गरिएको छ । “४२ जनाको कन्ट्याक्ट टे«सिङ गरेर स्वाब परिक्षण गर्ने तर्पm पहल गर्छौं ।”, गाउँपालिका अध्यक्ष खत्रीले भने ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले संक्रमणबाट जोगाउन सूचना जारी गरेको छ । जिल्ला प्रवेश नाका खुंग्री र होलेरीमा हेल्थ डेस्क खडा गरिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड पालना गर्ने गरी निर्णय सार्वजनिक गरेका छन् । जिल्लाका सबै विद्यालय बन्द छन् । पूर्व निर्धारित सबै परीक्षा स्थगित गरिएका छन् । दशवटा पालिकामा कम्तिमा एउटा आईशोलेश केन्द्र संचालन गर्न भनिएपनि त्यस अनुरुप कार्य हुन सकिरहेको छैन् ।
वैदेशिक मुलुक, भारत र शहरी क्षेत्रबाट गाउँ फर्किएका समेत क्वारेन्टाइनमा बसेका छैनन् । कोरोना लक्षण सहितका विरामी स्वास्थ्य संस्थामा पुगेपनि स्वाब संकलन गर्ने व्यवस्था मिलाईएको छैन ।

Leave a Reply