कोरोना भाइरस बिरुद्धको खोप माग्दामाग्दै देशभरका २५ जना शिक्षकले संक्रमणबाट ज्यान गुमाएका छन् । नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन पहिलो र दोस्रो चरणको खोप अभियान सञ्चालन गरेपनि संक्रमणको उच्च जोखिममा रहेका शिक्षक भने बन्चित भएका थिए ।

कोरोना बिरुद्धको अभियानमा घरदैलोमा सचेतनामुलका कार्यक्रम सहित पुग्ने गरेका शिक्षकलाई खोप लगाउने सूचीबाट अन्तिम समयमा हटाइएको थियो । पहिलो र दोस्रो लहरमा देशभरका २५ जना शिक्षकले कोरोनाको संक्रमणबाट ज्यान गुमाएको स्थायी शिक्षक हकहित मञ्चले जनाएको छ ।

मञ्चले कोभिड–१९ का कारण ज्यान गुमाउने शिक्षकको परिवारलाई शान्त्वना स्वरुप १० लाख रुपैयाँ सहयोग गर्न सरकारसँग माग गरेको छ।

मञ्चले विज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट बिरामी परेका शिक्षकलाई दिएको १ लाख उपचार खर्चलाई निरन्तरता दिन, उपचार खर्च व्यवस्थापन गर्न, शिक्षकलाई विद्यालयमा जाने बाध्य पारिने कामलाई तत्काल बन्द गर्न, सुरक्षा मापदण्ड अपनाएर अनलाइन कक्षा सञ्चालन गर्न, वैकल्पिक विधिको प्रयोग गर्दै सिकाइलाई निरन्तरता दिन, शिक्षा र स्वास्थ्यको बजेटको आकार बढाउन, ऐनमार्फत् सम्पूर्ण शिक्षकको सेवा सुविधा र वैकल्पिक शिक्षाका माध्यमलाई प्राथमिकता दिन माग गरेको छ ।

ज्यान गुमाउने शिक्षकहरूको विवरण

१) मनिषा थापा बाँके

२) रुपा चटर्जी बाँके

३) दुर्गा तिवारी रेग्मी बर्दिया

४) पार्वती न्याैपाने बर्दिया

५) लोकराज भट्ट कन्चनपुर

६) मन्जु के .सी. कन्चनपुर

७) हरिभक्त रोकाय जाजरकोट

८) घनश्याम चाैधरी नवलपरासी

९) काशी सिं कार्की कञ्चनपुर

१०) निर्मल मिश्र कैलाली

११) धर्मानन्द ओझा डडेलधुरा

१२) रुद्र खरेल चितवन

१३) नवराज कालाथोकी दाङ

१४) टेकबहादुर पाण्डे: रुकुम पश्चिम

१५) सुरत खड्का :

१६) जुना पौडेल : रुपन्देही

१७) वसुधा खड्का: नवलपुर,मकवानपुर

१८) नवराज सापकोटा: ललितपुर

१९) चन्द्रवती गुरुङ्: ललितपुर

२०) संजीव पन्त : ललितपुर

२१) नवदेश्वर चौधरी: रुपन्देही

२२) रामबाबु यादव: महोत्तरी

२३) नारायण ज्ञवाली:रुपन्देही

२४) मदनकुमार शर्मा: दाङ्

२५) वमबहादुर कुवर: गुल्मी