मुलुकभर तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा १२औं राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफका अनुसार आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना महामारी कम भएपछि पुनः सूचारु गरिने उहाँले बताइन् । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने १२ औँ जनगणना गर्ने तयारी थियो ।