श्वासप्रश्वास रोगीहरुका लागि चिकित्सा शास्त्रबाट अपनाईएको फाईदाजनक सुत्ने वा आराम गर्ने आसनलाई प्रोन पोजिशन भनिन्छ । यो पोजिशनमा सुत्दा वा आराम गर्दा व्यक्तिको श्वासप्रश्वासमा सहजता ल्याई शरीरमा अक्सिजनको मात्रा बढाउँन सहयोग गर्छ ।

यसबारे सुदुपश्चिम प्रदेशसामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवँरले सुझाव दिएका छन् । सामान्य कोभिड–१९ को लक्षण भएका बिरामीहरुले प्रोन पोजिशनमा गर्दा अपनाउनु पर्ने उपायहरु क) पहिलो चित्र (सिरानी राख्ने तरिका) : यो पोजिशनमा सुत्न ४–५ वटा सिरानीको आवश्यकता हुन्छ (१–टाउको मुनि, १–२ वटा छाती देखि माथिल्लो थाई सम्म, १ वटा खुट्टाको तल्लो भाग सम्म, तल चित्रमा देखाईए जस्तै गर्नुहोला) ।

ख) दोस्रो चित्र (होम आईसोलेशनमा रहेका कोभिड संक्रमितहरुका लागि प्रोन पोजिशन) : मुख्यगरि ४ वटा सुत्ने वा आराम गर्ने तरिकाहरुको बारेमा भनिएको छ । १,२,३ र ४ वटा आसन अपनाई सकेपछी पुनः १ नम्बरको आसनबाट शुरु गर्ने । प्रत्येक आसन आधा घण्टा देखि बढीमा २ घण्टा सम्म अपनाउँन सकिनेछ ।

यी विधि अपनाउदा ध्यान दिनुपर्ने कुराहरु :

१) खाना खाएको १ घण्टा सम्म यो विधि अपनाउँन हुँदैन । २) गर्भवती, कडा मुटु रोगि, स्पाईनल इन्जुरी आदी भएकाको हकमा यो लागु हुँदैन । ३) आफूलाई सहज हुँदा सम्म मात्रै यो विधि अपनाउने । ४) अधिकतम १६ घण्टा सम्म यो विधिबाट आराम वा सुत्न सकिन्छ ।