भिजन सेक्युरिटिजको बेनीमा शाखा विस्तारको अनुमति पाएको छ। भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३४)ले म्याग्दी तथा आसपासका क्षेत्रमा सेयर खरिद–बिक्रीका लागि ब्रोकरको शाखा स्थापनाका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो।

बेनी नगरपालिका–८ गणेशटोलमा रहेका शाखा विस्तार गरेपछि नयाँ र लगानीकर्ताहरुको आवतजावत बढ्न थालेका छन् । शाखामा डिम्याट खाता खोल्ने, लगानीकर्ताले ब्रोकर आइडी खोल्ने, अनलाइनबाट कारोबार गर्नका लागि टिएमएसका लागि आउने गरेको शाखा प्रमुख गिता शर्माले बताईन् ।

Branch EXP letter (1)

भिजन सेक्युरिटीले शेयर बजारलाई म्याग्देली जनताको पहुँचमा पुर्याउन कोरोना भाइरसको जोखिम घटेपछि शेयर बजार शिक्षासम्बन्धि अभियान सञ्चालन गर्ने जनाएको छ ।  भिजन सेक्युरिटि ५० वटा ब्रोकरमध्ये सबैभन्दा शाखा भएको ब्रोकर समेत रहेको छ ।

पछिल्लो समयमा धितोपत्र बजारमा लगानीकर्ताको चासो र संख्या बढेसँगै कम्पनीले शाखा बिस्तार गरेको कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले बताए । हालसम्म म्याग्दीका लगानीकर्ताले सेयर खरिद–बिक्रीका लागि अनलाइनसँगै बागलुङ, पोखरा जानुपर्ने बाध्यता रहेको थियो ।

Branch EXP letter

बागलुङमा दिव्या सेक्युरिटी एन्ड स्टक हाउस शाखा कार्यालय रहेको छ । पछिल्लो समय प्राथमिक सेयर (आइपिओ) र दोस्रो बजारमा खेल्ने समेत ठूलो संख्यामा लगानीकर्ता म्याग्दीमा रहेका छन् ।

पछिल्लो समय प्राथमिक सेयर (आइपिओ) र दोस्रो बजारमा खेल्ने समेत ठूलो संख्यामा लगानीकर्ता म्याग्दीमा छन् । एउटै लगानीकर्ताले बार्षिक करोडौं शेयर बजारमा लगानी गर्नेसँगै नयाँ लगानीकर्ता र सेयर बजारका बारेमा चासो राख्नेहरुको संख्या धेरै भएको बेलामा बेनीमै ब्रोकरको शाखा खुलेपछि लगानीकर्तालाई राहत मिलेको छ ।