गैर आवासीय नेपाली संघ एनआरएनए जापानको २०२१– २०२३ को अध्यक्षका लागि म्याग्दीका दिपक कार्कीले उमेद्वारी घोषणा गरेका छन्।

नागोया क्षेत्रको क्षेत्रिय समिति सदस्यबाट एनआरएनए अभियानमा संग्लग्न कार्की हाल क्षेत्रिय समिति नागोयाको संयोजक हुदै एनआरएनए जापानको क्षेत्रीय उपाध्यक्ष पदमा कार्यरत छन् ।

मोना जापानका अध्यक्ष समेत रहेका कार्कीको नेतृत्वमा जापानमा विभिन्न नेपाली कार्यक्रमहरु सफल भएका छन नागोयामा सफलतापूर्वक नेपाल फेष्टिवल सम्पन्न गरेकाले उनको एनआरएन जापानमा छुट्टै प्रभाव रहेको छ ।

बेनी नगरपालिका वडा नं ९ गलेश्वरका कार्कीलाई जापानमा सामाजिक कार्यमा संलग्न हुने गरकाले पनि धेरै नेपालीहरुले चिन्ने गरेको छ।

जापानका साथै म्याग्दीमा समेत आर्थिक अवस्था कमजोर भएकाको उपचार तथा धार्मिक र प्राकृतिक विपत्तीमा समेत सहयोग गदैं आइरहेका कार्कीले आफ्नो उम्मेदवारी एनआरएनमार्फत जापानमा रहेका नेपालीको हकहितमा काम गर्ने निरन्तरता भएको बताए ।

‘एनआरएनएमा मैले देखेका केही सपना अझै पुरा गर्नुपर्ने छ,‘सबैको सल्लाह र चाहना अनुसार नै उम्मेदवारी दिएको छु’कार्कीले बेनीअनलाइनलाई भने ।

उनले कोरोनाको महामारीका कारण समस्यामा परेका नेपालीलाई सहयोगको प्याकेज सहितका अभियानहरु सञ्चालन गर्नुपर्नेमा जोड दिने गरेका छन् । करिब दुईदशक अघि जापान आउनु भएका कार्की जापानमा सप्लायर कम्पनी रेष्टुरेन्ट व्यवशायमा पनि संलग्न छन् ।