कोरोना संक्रमतिको संख्या बढेसँगै म्याग्दी जिल्लामा जारी निषेधाज्ञालाई थप कडाई गरिएको छ । जिल्लामा सञ्चालन हुँदै आएको निजी तथा सरकारी बैंकलाई सरकारी प्रयोजन बाहेक सर्वसाधारणका लागि बन्द गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले निर्णय गरेको छ ।

बिहीवार बसेको बैठकले बैंकमा कारोबारको बाहनामा सर्वसाधारण घरबाट बाहिर निस्किन थालेको भन्दै सरकारी प्रयोजन बाहेक सर्वसाधारणका लागि आगामी जेठ १० गतेसम्मका लागि बन्द गरिएको डिसीसीएमसीले जनाएको छ ।

बैकहरुमा अत्याबश्यक सरकारी कारोवार र स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्रै कारोवार गर्न सक्ने गरि सुचारु हुने र अन्य सबै सेवा बन्द गरिने जनाइएको छ । यसअगाडी जारी गरिएको निधेषधाज्ञामा सहकारी बन्द गरिएपनि बैंकलाई सञ्चालन गर्ने दिने निर्णय गरेकोे थियो ।

बैंकलाई मात्रै सञ्चालन गर्न दिएको भन्दै डिसीसीएमसीको आलोचना समेत भएको थियो । डिसीसीएमसीले यसअगाडी वैशाख ३१ गतेसम्म निधेषधाज्ञा जारी गरेको थियो । लकडाउन अवधिमा अत्याबश्यक सेवाको प्रयोगमा समेत जनस्वास्थ्यको मापदण्डको पालनालाई कडाई गरिएको जनाइएको छ ।

म्याग्दीमा २ सय ८ जना कोरोना संक्रमति रहेका छन् भने बेनी अस्पताल र रिफर गरी पोखरा पठाइएका बिरामी समेत उपचारकै क्रममा मृत्यु भएपछि समुदायस्तरमा समेत स्वाब संकलन सहितको अभियानलाई तिब्रता दिइएको छ । सदरमुकाम बेनी कोरोना संक्रमणको सबैभन्दा जोखिममा रहेको छ ।

Leave a Reply