म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन उकालो लागिरहेको अवस्थामा संक्रमतिको शरीरमा आवश्यक पर्ने अक्सिजनको अभावलाई मध्यनजर गरी  मोना कतारले अभियान सञ्चालन गरेको छ ।

शुक्रबार बसेको मोना कतारको कार्यसमितिको बैठकले नेपाल र कतारमा रहेकाहरुबाट सहयोग जुटाएर म्याग्दीमा अक्सिजन लगायतका अति आवश्यक स्वास्थ्य साम्रागी सहयोग गर्ने निर्णय भएको अध्यक्ष नरेन्द्र फगामीले बताए ।

‘कोरोना संक्रमतिको उपचारमा कुनै समस्या नहोस् भनेर अभियानमा जुटेका छौ,‘जे सकिन्छ त्यो सहयोग गर्ने प्रयासमा छौ’ अध्यक्ष फगामीले भने । उनले हाल संक्रमतिको जीवन रक्षा सबैभन्दा ठूलो भएकाले कोरोना रोकथाम र संक्रमतिको उपचारमा सहज हुने साम्रागी सहयोग गर्ने बताए । सहयोग अभियानमार्फत एक हप्ताभित्र जिल्लामा सहयोग साम्रागी हस्तान्तरणको योजना बनाइएको छ।

मोना कतारले पदाधिकारी, कार्यसमिति सदस्य सहितको सम्पर्क नम्बर र सहयोग रकम जम्मा गर्ने खाता नम्बर समेत सार्वजनिक गरिएको छ । मोना कतारले बेनी अस्पताल सहित जिल्लाका सबै स्थानीय तहमा सहयोग साम्रागी पठाउने गरी अभियान सञ्चालन गरेकाले सहयोग अभियानमा साथ दिन समेत अपिल गरेको छ । शुक्रबार मात्रै ५८ जना संक्रमित थपिएसँगै संक्रिय संक्रमतिको संख्या २ सय २३ पुगेको छ । अझै धेरैको रिर्पोट आउन बाँकी छ ।

जो जहाँ हुनुहुन्छ त्यहाँबाट सहयोग गर्न सक्नुहुनेछ । 

अलखोर- 50916095 भूपेन्द्र पुर्जा
सनैया-31217334 हेम बानिया
दोहा- 66260092 नरेन्द्र फगामी
होमसाईड- 66246275 बाबुराम भण्डारी सहित
राजु पौडेल-5007 9307
अजय कुँवर – 30947385
राम कृष्ण शर्मा-50081626 ज्युलाई सम्पर्क गरेर सहयोग गर्न सक्नु हुनेछ ।
कतार बाहिर रहनु भएका महानुभावहरूले यस अभियानका संयोजक श्री राजु पौडेलको नेपालमा सिद्धार्थ बैकमा रहेको निम्न खाता नम्बरमा रकम जम्मा गरी सहयोग गर्न सक्नु हुनेछ ।
Account Name: Raju Jaishi
Account No: 50316387740
Bank : Siddartha Bank
Branch: Kathmandu
कतारमा जम्मा गर्नको लागि, अध्यक्षको खाता नम्बर
Bank: Doha Bank
Account Name: Narendra Fagami
IBAN: QA83 DOHB 0202 01604340 0100 2000 0
Mobile: 66260092

Leave a Reply