दर्शन मोनिका ट्रान्सपोर्ट प्रा लिले बेनी अस्पतालको स्वास्थ्य साम्रागी र उपकरण निशुल्क ढुवानी गर्ने भएको छ। कोरोनाको दोस्रो लहरपछि म्याग्दीमा संक्रमतिको संख्या दिनप्रति दिन उकालो लागेपछि स्वास्थ्य साम्रागी र उपकरण ढुवानीमा समस्या भइरहेको अवस्थामा म्याग्दी उद्योग वाणिज्य संघको पहलमा आपत्कालिन साम्रागी ढुवानीमा ट्रान्सपोटले प्रतिबद्धता जनाएको छ ।

म्याग्दी उवासंघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बेनी अस्पतालमा बिरामीको चाप बढ्ने र खरिद गरिएको उपकरण समेत समयमै ल्याउन समस्या हुन थालेपछि निशुल्क ढुवानीमा ट्रान्सपोट सहमत भएको बताए। उनका अनुसार काठमाण्डौमा खरिद गरिएको समाना पठाइएको छ ।

‘कोरोना संक्रमतिको उपचारमा कुनै अभाव हुन नदिन हामीले पनि सक्ने प्रयास गरेका छौ,‘अहिले सहज ढुवानीको अवस्था समेत नभएको बेलामा यो पहलले केही राहत मिल्ने छ’ उनले भने । उनले अस्पतलासँगै जिल्लाका सबै स्थनीय तहको कोभिड लक्षित स्वास्थ्य साम्रागी ल्याउन समेत आवश्यक पहल भइहरेको बताए ।

म्याग्दी उवासंघका अध्यक्ष बेलबहादु कटुवाल समेत अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष भएकाले समेत सहकार्यमा सहज भएको बताइएको छ । बेनी अस्पतालमा आवश्यक पर्ने उपकरण खरिद गरेपनि निषेधाज्ञाका कारण ढुवानीमा समस्या हुने गरेको थियो । अस्पतालका अध्यक्ष कटुवालले उक्त सहकार्यका लागि दर्शन मोनिका ट्रान्सपोर्ट प्रालिलाई धन्यवाद दिएका छन् ।

Leave a Reply