म्याग्दीमा सक्रिय कोरोना संक्रमतिको उपचारमा अक्सिजनको माग बढिरहेका बेला अमेरिकाबाट एक दम्पत्तीले बेनी अस्पताललाई ५ थान ठूलो अक्सिजन सिलिण्डर र फलोमिटर सहयोग गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ(एनआरएनए)अमेरिकाको सन् २०२१-२३ का लागि बोर्ड अफ डाईरेक्टरमा उम्मेदवार इन्द्रबहादुर थापा र धर्मपत्नी सबी थापाले बेनी अस्पतालले स्थापना गरेको अक्सिजन बैंकलाई बेनी नगरपालिका–४, थामडाँडाका थापा दम्पत्तीले करिब डेढ लाख बराबरको सहयोग गर्नुभएको हो ।

लामो समयदेखि अमेरिकामा बसेर सामाजिक तथा मानवीय सेवामा सक्रिय थापाले कोरोना संक्रमतिको उपचारमा आवश्यक पर्ने अक्सिजनको अभावमा कमी हुन नदिन अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, मेडिकल सुपरिटेन्डेन डा. जितेन्द्र कँडेललाई हस्तान्तरण गरिएको थियो ।

थापा दम्पत्तीले सहयोग बेनीअनलाइनकर्मी पत्रकार हरिकृष्ण गौतमले हस्तान्तरण गदैं म्याग्दीमा शिक्षा, स्वास्थ्य सहित सामाजिक तथा मानवीय सेवामा थापा दम्पत्तीले गरेको सहयोगका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा अस्पतालका अध्यक्ष कटुवालले सहयोगदाता सबी थापाले थप सिलिण्डर सहयोग गर्ने प्रतिबद्धता जनाएपनि बजारमा सिलिण्डको अभाव भएकाले तत्काल ५ थान सहयोग प्राप्त भएको बताउनुभयो ।  त्यस्तै अस्पताल प्रमुख डा. कँडेलले समुदायस्तरबाट प्राप्त हरेक सहयोगको अभिलेख राखिएको बताउनुभयो ।

‘सहयोगदाताको सहयोग प्राप्त भएपछि हामीले उहाँहरूलाई समेत अभिलेखमा राखिएको जानकारी दिन्छौ’ प्रमुख डा. कँडेलले भन्नुभयो । अक्सिजन अभावमा कुनै पनि संक्रमित उपचारबाट वञ्चित नहुन भनेर स्वदेश तथा विदेशबाट निरन्तर सहयोग प्राप्त भइरहेको डा. कँडेलको भनाई छ ।

यता समाजसेवी थापाले म्याग्दीमा कोरोनाका संक्रमतिको संख्या तिब्र गतिमा बढेको देखेपछि संक्रमितलाई अक्सिजन चाहिएको अवस्थामा प्रयोग गर्न मिल्ने गरी उक्त सहयोग गरेको बताउनुभयो ।

‘श्रीमतीमार्फत सधैजसो सहयोग भइरहन्छ, मैले पनि सामाजिक तथा मानवीय कार्यमा सहयोगमा चासो देखाउने गरेको छु’ थापाले भन्नुभयो ।

एनआरएनएको निर्वाचनको तयारीसँगै शरीरमा अक्सिजनको अभाव भएपछि संक्रमतिले मृत्युवरण गर्न नपरोस् भनेर सहयोग गरिएको थापाको भनाई छ। यो सानो सहयोगले अक्सिजनको अभावमा अस्पतालमा पुगेका बिरामीलाई केही राहत मिल्नेमा आशाबादी छु,‘भविीयमा पनि सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउँछु’ थापाले भन्नुभयो ।

थापा दम्पत्ती मार्फत म्याग्दी सहित देशका विभिन्न जिल्लामा अभिभावकविहिन बालबालिकालाई उच्च शिक्षा सहित देशका विभिन्न जिल्लामा आर्थिक सहयोग हुने गरेको छ । यसैबीच सबी थापाले आफ्नो लगानीमा उच्च शिक्षासम्म अध्ययनरत विद्यार्थीलाई समेत मास्क, सेनिटाइजर सहित स्वास्थ्य साम्रागी वितरण गर्ने जनाइएको छ।

कोरोनाको बेलामा बेनी अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट सिधै बिरामीको बेडमा पुग्ने भएकाले बिरामीको उपचारमा प्रयाप्त नभएपछि पोखराबाट खाली सिलिण्डर रिफिल गरेर ल्याई बिरामीलाई अक्सिजन दिने काम भइरहेको छ। म्याग्दीमा हाल ४ सय ९६ जना सक्रिय कोरोना संक्रमति छन् भने कोरोनाका बिरामीमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना हुनेको संख्या समेत धेरै छ ।

 

Leave a Reply