बेनी अस्पतालका मेडिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटी कोरोना संक्रमतिको उपचारमा निकै ब्यस्त हुनुहुन्छ ।

बेनी अस्पतालमा दैनिक धेरै संक्रमतिको उपचार तथा परामर्शमा ब्यस्त हुने डा. बस्ताकोटीलाई समेत कोरोनाबाट अछुतो रहनुभएन् ।

दोस्रो भेरियन्टसँगै संक्रमतिको उपचारमा २४ घण्टा नै खटिने डा. बस्ताकोटीले घरमै बस्नेहरु चिकित्सकीय परामर्शबाट बञ्चित हुन नदिन म्याग्दीबासीलाई विभिन्न जानकारी समेत दिने गर्नुभएको छ।

यसैसन्र्दभमा पोखराका युवाहरुले उनीहरुलाई मध्यनजर गरी ‘डाक्टरसँग सरसल्लाह’ कार्यक्रमबाट डा. बस्ताकोटीले कोरोनाका बारेमा सर्वसाधारणलाई जानकारी दिदै हुनुहुन्ज्छ ।

पोखरा महानगरपालिका–२४ मा क्रियाशील हाम्रो कास्कीकोट युवा सञ्जालले सङ्क्रमण तीव्र रुपमा बढ्दै जाँदा परामर्शका लागि नियमित रुपमा डाक्टरसँग भर्चुअल कार्यक्रममा उपस्थित गराई परामर्श लिन सकिने व्यवस्था मिलाएको हो ।

बेलुका ६ः३० बजे देखि ७ ः०० बजे सम्मको समय छुट्टयाइएको सो कार्यक्रममा कोभिडका बिरामी, शंका लागेका, दीर्घरोगी तथा अन्य व्यक्तिहरुले आफ्ना स्वास्थ्य सम्बन्धी जिज्ञासा सिधै डाक्टरसँग राख्न सक्ने सञ्जालका संस्थापक संयोजक चन्द्रेश्वर बस्ताकोटीले बताउनुभयो।

उहाँका अनुसार ईन्टरनेटको पहुँच नभएका व्यक्तिहरुले पनि तोकिएको नम्बरमा एसएमएस वा फोन सम्पर्क गरी आफ्ना जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको छ ।

यो अभियानमा डा. सन्तोष अधिकारी, डा. किरण बस्ताकोटी र डा. असिम सुवेदी, डा. दीपक मल्ल, डा. विश्वराज बस्ताकोटी लगायतका चिकित्सकहरुले परामर्श दिने कार्यक्रममा छ ।

कोरोना सङ्क्रमित भएर घरमै आइशोलेशनमा रहेका विरामीले लाभ लिन सकुन भन्ने उद्देश्यले सञ्चालित कार्यक्रममा जुनसुकै ठाउँबाट जोसुकै सहभागी हुन सक्ने सञ्जालका संयोजक हेम सुवेदी बताउनुभयो ।

प्रत्यक्ष अनलाइनमा जोडिन नसक्नेले संस्थाको युट्युब च्यानल मार्फत हेर्न सकुन् भन्ने उद्देश्यले नियमित रूपमा युट्युबमा उक्त कार्यक्रमहरुको भिडियो अपलोड गर्ने गरिएको र सोको जानकारी सामाजिक सञ्जाल मार्फत दिइने छ ।

 

Leave a Reply