बागलुङ काठेखोलामा १७ वर्षीया युवतिको शव फेला परेको छ । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर १ चनौटे की १७ वर्षीया छायाँ थापाको शव अक्षेते खोला किनार फेला परेको प्रहरीले जनाएको छ ।

उनको सोमबार बिहान खोला किनार शव फेला परेपछि स्थानीयले प्ररीलाई खबर गरेको थियो । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरको टोली घटना स्थलमा पुगेको थियो । घरमा सामान्य विवाद हुँदा उनले भिरबाट हाम फालेको हुन सक्ने प्रहरीले जिल्ला प्रहरी

कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ । शवको पोस्टमार्टम गरि परिवारले बुझेको सूचना अधिकारी हवारीले जानकारी दिए ।

Leave a Reply