दैनिक मजदुरी गरेर आफ्नो परिवार पाल्ने सपना बोकेर खाडी राष्ट्र कतार आएका म्याग्दी मालिक गाउँपालिका-५ रुन्माका निर प्रसाद कामीको हृदयाघातका कारण निधन भएको छ । घर जाने परिवार र बाल बच्चा सङ बिदा मनाएर फेरी कतार फर्कने उनको सपना सदाको लागि अन्त्य भएको छ l ४३ वर्षीय कामीको गत बिहीबार राती निधन भएको हो ।

एक दशक देखि एक स्थानीय कम्पनीमा कार्यरत उनी सुतिरहेकै अवस्थामा मृत भेटिएका थिए । यहाँको सरकारी अस्पतालको पोस्टमार्टम रिपोट अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको पुष्टि भएको छ l उनको मृत्युको बारेमा कम्पनीका जिम्मेवार अधिकारीले नेपाली दूतावासमा जानकारी गराएका थिएl दूतावास पुगी मृतकले पाउनु पर्ने सबै सेवा सुविधा बापतको रकम कम्पनीले बुझाए पछि सब नेपाल पठाउने अनुमति पत्र नियोगले जारी गरेको र थप प्रक्रिया पुरा गरी यथाशक्य सब पठाइने नेपाली नियोगका दित्तीय सचिव भुवन भट्टले जानकारी दिनु भयो l

कोरोनाका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाए पछि लास पठाउने दिन यकिन हुन् सकेको छैन l कामीको मृत्युबारे थप जानकारी लिन तथा सहायताका लागि मोना कतारका अध्यक्ष नरेन्द्र फगामी पनि दूतावास पुग्नु भएको थियो l मृतकको शब् लिएर घर सम्म पुराइदिन आवश्यक कागजपत्र पनि नियोगले पुरा गरिदिने जानकारी दिनु भयो l मृतक कामिका श्रीमती सहित २ छोरा रहेका छन् l परिवारको अवस्था हेरेर आवश्यक सहयोग गरिने फगामीले बताउनु भयो l