देश बिकाश, उन्नति, प्रगति र सम्रिद्दीका लागी राजनैतिक व्यवस्था नीति कार्यक्रम कार्यदिशा दृस्टीकोण आदिको महत्वपूर्ण भूमिका रहेको नकार्न सकिदैन | तर के ले छेक्यो १) राजनैतिक परिवर्तन भएनन् कि? कस्को पालो आएन र ? को छुटे र ? अब पनि इनिहरुको आश गर्नु , ईनकै पछि लाग्नु , हामीहरुको कहाँसम्मको लाचारी पन हो |

के जेलको ढोका देख्दैमा, ढुंगा हान्दैमा booth capture गर्दैमा, नोटको खोलो बगाउंदैमा यी नेता भनाउदाहरुको सांसद बन्ने, मन्त्री बन्ने, प्रधानमन्त्री बन्ने, देश लुट्ने, लुटाउने, आस्थिरता निम्त्याउने, देशलाई भड्खालोमा जाक्ने license प्राप्त गर्ने हुन्छ? होइन भने इमान्दारिताका साथ भन्ने हो भने के कुनै पनि यस्ता बिधि भ्रस्ट नालायक सिक्क्षामन्त्री, बान्मंत्री, संचारमन्त्री, के के मन्त्रीके मन्त्री बनाउनुपर्ने |

प्रधानमन्त्रीको त  कुरै नगरौ, आरिंगालको डरछ |सक्छौ भने अबको चुनाबमा आ-आफ्ना पार्टीका सक्षम,विद्वान्,दुरदर्शी,इमानदार नेताहरुलाई अगाडी सार जस मध्य शिक्षाविदबाट शिक्षा मन्त्री, कानुनविदबाट कानुन मन्त्री, अर्थविदबाट अर्थ मन्त्री, डाक्टरहरु मध्यबाट स्वास्थ्य मन्त्रि, कृषि तथा बन बिभागविद मध्य बाट कृषि तथा बन मन्त्री, सूचनातथा संचार बिज्ञ मध्य बाट संचार मन्त्रि , भनाईको तात्पर्य सम्बन्धित क्षेत्रका बिज्ञहरुलाई नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिन सकियोस |

छुटेकाहरुलाई मनोनित गरेर ल्याउन सकियोस | देश बिकाशका लागी स्पस्ट vision  आवश्यक पर्छ | हाम्रो देशका सम्भाव्यताहरु को खोजि गर्नु पर्यो | जस्तै जलश्रोत, पर्यटन, बनजंगल, जडिबुटी,, खनिज, खानि, कृषि , उद्योग , ब्यापार आदि | तेही अनुरुपका पाठ्यक्रम तयार पारि देश तथा  अन्तरास्ट्रिय जगतमा खपत हुने जनशक्ति तयार पार्ने , लगानीको बातावरण सुनिस्चित गर्ने, कडा कानुनी व्यवस्था निर्माण तथा कार्यान्वयन पक्षमा जाने , भ्रस्टाचार न्यूनीकरण गर्ने , संसद तथा मन्त्रि बन्नका लागी न्युनतम शैक्षिकयोग्यता, हदबन्दी कायम गर्ने |

Multipartysystem मा व्यक्ति गौड हुनुपर्ने हो | व्यक्ति को विकल्प पार्टी ले दिनुपर्ने हो | पार्टीले मन्त्रि तथा प्रधानमन्त्री को विकल्प दिन्छ तर यहाँ व्यक्ति प्रधान भयो | विकल्पको नाउमा कुहिएका मति भ्रष्ट मध्यबाट आलो पालो गर्दै देश खै सके | खै पार्टी? कोहि केपी का , कोहि माकुनेका , कोहि झलेका, कोहि प्रचण्डका , कोहि शेरेका , कोहि रामचन्द्रेका, कोहि बाबुरामका , कोहि महन्तका, कोहि उपेन्द्रका को कसका हुन् कसका | व्यक्तिका | धत्तेरिका !!! हाम्रा नेता ! हामी जनता !! ( प्रकाश मा.बि. बेनी )

Leave a Reply