म्याग्दी प्रवासी नेपाली संघ(मोना) रोमानियाले म्याग्दीमा स्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमतिको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य साम्रागी खरिद गर्न १ लाख ३० हजार सहयोग गरेको छ । मोना अन्तराष्ट्रियले सुरू गरेको अभियानमा रोमानियामा रहेका म्याग्देलीहरूले संक्रमतिको उपचारमा कुनैपनि कमी हुन नदिन सहयोग गरेको अध्यक्ष बिजय  कुवरले बताउनुभयो।

उक्त सहयोगबाट १ थान कन्सन्ट्रेटर र बाँकी स्वास्थ्य साम्रागी खरिद गरिने छ ।‘हामीले स्थापना गरेको संस्था धेरै भएको छैन्,‘छोटो समयमै म्याग्देलीलाई सहयोग जुटाउने प्रयासमा सानो सफलता मिलेको छ’ अध्यक्ष कुवरले  भन्नुभयो । उहाँले रोमानियमा रहेका म्याग्देलीलाई संस्थामा आवद्ध भएर अगाडी बढ्न समेत अपिल गर्नुभएको छ ।

म्याग्दीमा कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि मोना अन्तराष्ट्रियले १२ वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने भएको थियो । उक्त अभियानमार्फत मोना आइसीमार्फत आउने गरी थप कन्सन्ट्रेटर आउने अवस्था रहेको मोना आइसीका महासचिव बिक्रम कार्कीले जानकारी दिनुभयो । अर्को साता उक्त सहयोग हस्तान्तरण गर्ने योजना रहेको छ ।