श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारका लागि मोना अष्ट्रेलियाले ६ वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने भएको छ ।

कोरोना संक्रमतिको उपचारका लागि मोना अन्तराष्ट्रियले सुरू गरेको अभियानमा मोना अष्ट्रेलियाले बेनी अस्पतालमा बिरामीको चापलाई मध्यनजर गरी थप ३ वटा कन्सन्ट्रेटर पठाउन लागेको सचिव दिनेश खत्रीले जानकारी दिनुभयो ।

‘हामीले दिने कन्सन्ट्रेटर सबै मोना आइसीमार्फत नै जिल्लामा पुग्ने छ,‘निकै कठिन समयमा सबैको साथ र सहयोगको आवश्यकता पर्छ’सचिव खत्रीले भन्नुभयो। अक्सिजन कन्सन्ट्रेटर जुटाउन सहसचिव लोकश राम्जालीको संयोजकत्वमा आर्थिक संकलन गरिएको थियो ।  उक्त अभियानमा १३ हजार ४ सय डलर संकलन भएको थियो ।

म्याग्दीका बिभिन्न गाउँबाट अष्टे«लियामा पुगेकाहरुको संस्थाले समेत कन्सन्ट्रेटर पठाउन लागेकाले उपचारमा सहज हुने अपेक्षा गरिएको छ । उक्त अभियानमार्फत संकलन भएको सहयोगले थप आवश्यकता परेका क्षेत्रमा सहयोग गर्ने बताइएको छ।

सहयोग अभियानका बारेमा जानकारी दिने कार्यक्रममा संस्थाका अध्यक्ष इन्द्र थापा, महासचिव लक्की श्रेष्ठ, सदस्य हिक्मत श्रेष्ठको सहभागिता रहेको थियो । यता राखु समाज २ वटा, पुलाचौरबाट अष्ट्रेलियामा गएकाहरूबाट १ थान र झरना यूवा क्लव चिप्लेटीको अभियानमा १ थान कन्सन्ट्रेटरका लागि सहयोग समेत जुटेको जनाइएको छ ।

यसैबीच मोना आइसीले राष्ट्रिय समितिसँगको समन्वयमा १२ वटा कन्सन्ट्रेटर खरिद गरी जिल्लाका सबै स्थानीय तहलाई समेत दिने निर्णयमा सबैतिरबाट सहयोग प्राप्त भएकाले जिल्लामा करिब ३० भन्दा बढी कन्सन्ट्रेटर आउने जनाइएको छ । जिल्लामा अक्सिजनको सिलिण्डरले मात्रै उपचारमा प्राप्त नहुने अवस्था देखिएपछि सामान्य सास फेर्न गाह्रो भएकालाई दिने अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता पर्छ ।

बेनी अस्पतालमा स्वासप्रस्वासमा समस्या आएपछि दैनिक कोरोना संक्रमित विरामीको चाप बढेको छ । अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो ।

अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन् । जिल्लामा सकेसम्म हाइ फ्लो अक्सिजन फाल्ने मेसिन समेत आवश्यकता देखिएको छ ।